सुन्तली आफैले सय जनालाई खाना पकाएर खुवाईन,रोगले भन्दा पनि भोकले मर्ने डर भो भन्दै भाबुक भइन सुन्तली

अहिले विश्वभर कोरोना भाईरसको महामारी फैलिएको छ । सबै नेपाली लकडाउनको प्रभावमा छन् । कोरोना प्रभावितहरुका लागी बिभिन्न सामाजिक संस्था तथा समाजसेवीहरु सक्रिय रुपमा राहतका प्याकेज बितरण गरिरहेका छन् ।

यसैबिच महाभुकम्प पछि निरन्तर सामाजिक कार्यमा सक्रिय सामाजिक संस्था धुर्मुस सुन्तली फाउण्डेशनले कोरोना प्रभावित नेपालीहरुका लागी बिभिन्न राहत सामाग्री वितरण गरिरहेको छ । कोरोनाको महामारीले बिभिन्न स्थानमा अलपत्र परेका नेपाली तथा बिहान बेलुका खाना खान समेत समस्या भएका नेपालीहरुका लागी फाउण्डेशनले बिभिन्न तरिकाले सहयोग गरिरहेको छ ।