घरमै बसौं बन्दी भई भन्दै गायक रोहित मास्के

धरान र अहिले विश्वनै कोरोना संक्रमणले पिडामा छ ।कोरोना महामारीबाट बच्न अहिलेको परिवेशमा एकमात्र उपाय दुरी कायम गरी घरमै बस्नु नै रहेकोले सबैतीर लकडाउन गरिएको छ । अहिले हामी सबै मिलि कोरोना महामारी संग जुध्नको लागि एकमात्र उपाय लकडाउनको पालनाले नै हाम्रो देशमा यसले महामारीकै रुपमा लिईसकेको त छैन तर पनि कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

यसै सन्दर्भमा धरानका केहि संगीतकर्मीहरु मिलि कोरोना महामारीबाट बच्न घरमै बसौं भन्दै एउटा सचेतनामुलक गीतको भिडियो तयार गरेका छन् ।
संगीतकर्मीहरु रोहित मास्के , हेम सुब्बा , सन्जिब लामा तामांग र मनोज मोतेको समुहले घरमै गीत रेकर्ड गरेर मोबाईलबाट नै भिडियो खिचेर मोबाईल बाटनै सम्पादन गरी म्युजिक भिडियो समेत तयार गरेका छन् ।

उक्त ूहामी बाँचौ,यो देश बचाऔं , संसारलाई बचाऔं बोलको गीत को रचना ,संगीत , संगीत संयोजन रोहित मास्केको रहेको छ भने रोहित मास्के,सन्जिब लामा तामांग र मनोज मोतेले स्वर दिएका छन् । त्यसतै गीतको मिक्सिङ्ग हेम सुब्बाले गरेका छन् भने म्युजिक भिडियोको कन्सेप्ट तथा सम्पादन सन्जिब लामा तामांगले गरेका छन् ।

अहिलेको यो महामारी देखेर हामी सबै मिलेर यो महामारीबाट बच्न घरमै बस्न अनुरोध सहितको यो गीत तयार गरेको गायक रोहित मास्केले बताए । घरमै बसेपनि प्रविधिको प्रयोग गरेर सबैले घरबाट नै काम गरेर यो गीत तथा म्युजिक भिडियो तयार गरेको गायक सन्जिब लामा तामांगले बताए ।
गीतको युट्युब लिंक