निकै कुराकानी गरें आज, यो मान्छेसँग : प्रेम बानिया (बिशेष भिडियो सहित)

बेलायत : देशले आश गरिरहेको एक महान हस्ती प्रेम बानिया आज भोली उहा अमेरिकामा बसोवास गर्दै आउनु भएको छ । वहाँको बारेमा जति बोले पनि जति लेखे पनि फिक्का नै हुन्छ । हरेक स्वाभिमानी नेपालीको चाहना भनेको यतिमात्र हो कि प्रेम बानिया चाँडै मातृभूमि फर्केर नेपाल आमाको सेवा गरेको हेर्न पाइयोस्ह भन्ने धारणा छ । हुन् त उहाको सामाजिक संजाल फेसबुक मार्फतको कृयाकलाप मा देखा परेको छ उहाको हरेक स्टाटस र बेला बेला मा बिशेष गरेको लाइव भिडियोको शंदर्भमा आफ्नै देशको र नेपालीपन झल्कि रहेको हुन्छ ।

आज बिशेष गरेको उहाको आफ्नै जन्म दिन परेको रहेछ र एउटा स्टाटस उहाले पोख्नु भएको छ हामी त्यो उनको लेख : जस्ताको तस्तै येहा राख्दै छौ :

प्रेम बानिया लेख्नु हुन्छ : निकै कुराकानी गरें आज, यो मान्छेसँग: जीवनका ३९ वर्षहरुलाई बिस्कुन लाएर प्रश्नहरु गरेको छु । बाँकी उमेरका अनिश्चित अंकहरुलाई परसम्म बिछ्याएर र हिसाब गर्न लगाएर सपनाहरुको अवस्थिती परिवर्तन गर्न लगाएको छु । यसको आँखामा अलिकति रंग लगाइदिएर जीवनको ‘कोर्स’माथि नयाँ दृष्टि दिन लगाएको छु । न त विश्राम लिएका, न त पछि हटेका वा थाकेका बरु झन् बलियो भएका शालिन सपनाहरुलाई धाप मार्दै ‘म’ र ‘आफू’भन्दा माथि उठेर परिवर्तनका लागि एक जोर चन्द्रसूर्यको ढोग गर्न लगाएको छु र उसले भनेको छ ‘जय स्वाभिमान !’

मलाई यो सँग यतिधेरै बातचित गर्ने अवसर दिनुभएकामा धेरैधेरै आभार : पोखरा, Krishna Marsani र Prakat Pageni Shiva को हुन् प्रेम बानिया ।

पछिल्लो समयमा बिशेष गरेर अहिलेको विश्वव्यापी कोरोना को महामारी को शंदर्भमा उहाले बिशेष देशवासी हरुको लागी एक बिशेष जानकारी गराएको भिडियो पनि हामीले परिमार्जन गरेको दर्शकहरु माझ पुराउने कोशिश गरेका छौ यो भिडियो पनि हेर्नुहोला ।