भारतबाट फ,र्किएका एक जनाको क्वारेन्टाइनमा जाँदाजाँदै मृ,त्यु

बैतडी, २१ वैशाख । क्वारेन्टाइनमा लैजाँदै गर्दा मृ,त्यु भएका बैतडीका एक जनाको थ्रोट स्वाब सङ्कलन गरी आज परीक्षणका लागि पठाइएको छ । पुर्चौडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको स्वाब सङ्कलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो ।

रिपोर्टपछि मात्रै जुनेमा कोरोना भए/नभएको थाहा हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। रिपोर्ट एक/दुई दिनभित्रै आउने उनले बताए । भारतीय सीमानाका झुलाघाटबाट उ,द्धार गरेर ल्याइएका जुनेको शनिबार मृ,त्यु भएको थियो । लुहार यही वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघा,ट नाका हुँदै नेपाल आएका थिए ।

एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए । उनको शनिबार पुर्चौडी नगरपालिका–६ को क्वारेन्टाइनमा लैजाँदै गर्दा खडायत गाउँ नजिकै बाटोमा हिँड्दाहिँड्दै मृ,त्यु भएको थियो ।

जुने लामो समयदेखि दमका बिरामी रहेको बुझिएको छ । मृ,तकको श,वलाई प्लाष्टिक बेरेर सुर,क्षात्मक तरिकाले दा,हसंस्कार गरिसकिएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए ।

लुहारसँग आएकाहरुलाई छुट्टै क्वारेन्टाइनमा राखिएको छ। यही वैशाख १८ गते झुलाघा,ट र धार्चुला नाकाबाट दुई हजार ६९५ नेपाली स्वदेश फर्किएका थिए।