सरकार, जनअपेक्षालाई सम्बोधन गर्ने अन्तिम अबसरलाई खेर नफाल।

एक नारायण पौडेल,
बुथ क्याप्चर गरेर वा प्रतिपक्षीलाई एक थैलो नगद नारायण दिएर भएपनि निर्बिरोध निर्बाचित गरेर अहिलेको भाडभैलोभित्र बामदेब गौतमलाई घुसाउदैमा के देशले निकास पाउँछ ? के भस्ट्रचार, कमिसनतन्त्र , कालोबजारी रोकिएला ? के सरकारी जग्गा जमिनमाथिको यतिको कब्जा फुक्का होला ? के संचार क्षेत्रमा ओम्निको एकाधिकार तोडिएला ?? के सरकारी कामकाज चुस्त , पारदर्शी र जनमुखी होला ? के मजदुर , हलि गोठालाले आफ्नो पसिनाको मुल्य पाउलान ?? के बिपन्न, असहाय र गरिबका चुलो बल्छ ?? के यी याबत बामदेबबिना संभव नभएको हो र ? होइन भने २-२ पटक निर्बाचित सांसदलाई बलिको बोको बनाएर बामदेबलाई खुशी पार्न गरिएको नाटकलाई जनताको व्यापक बिरोधले पर्दाभित्र मात्रै सिमित गराएको होइन र ?? यो बिगतको घटनाबाट पाठ नसिकेर र चटक्कै बिर्सेर पुन उपयुक्त समयमा उपयुक्त निर्णय लिईनेछ भन्ने कुरालाई जनताले धोती नलगाउलान भन्न सकिन्न ।

के अहिलेको समस्या र समाधान केबल बामदेब मोह र ब्यबस्थापन मात्रै हो त ? आजको मुल समस्या भनेको साढे २ बर्ष अगाडि जनताले दिएको मत र म्याण्डेडबिना एकाङ्गी र अधिनायकवादतिर बढ्दै गएको सरकारको तानाशाही कार्यशैली होइन र ? भस्ट्र भारदार , मन्त्रीहरुको अनावश्यक बचाउ र सफाई दिदै हिड्ने न्यायाधीश प्रबृत्ति होइन र ? बालुवाटारमा बसेर अनैकौ सपनाहरू बाड्ने तर मजदुर , हलि गोठाला , किसानहरुको पसिनामाथी सत्ताको रजाई गर्ने , रास्ट्रीय ढुकुटी रित्ताउने दुष्ट र स्वार्थीहरुको घेरा होइन र ? रास्ट्रिय आबश्यकता र कम्युनिस्ट आन्दोलनको रक्षार्थ बामपंथीहरुको एकता र समाजबाद उन्मुख अपरिहार्यलाई लोभी , पापी र छुद्रहरुले आफ्नो भाग खोसिने डरमा दिनहुँ गरिरहेका एकता बिरोधि चिन्तन र मनोदशा होइन र ? गरिब , बिपन्न, सुकुम्बासी , असहाय ,दीनदुखी , अपाङ्गमैत्री र किसानमुखी हुनुपर्ने कम्युनिस्ट सरकारको चरीत्र र आचरण केबल धनाढ्य , काला बजारी , कमिशनधारी , दलाल , करछली उद्योगपतिहरुको इशारामा परिचालित हुनु आजको मुल समस्याको जड होइन र ??

कम्युनिस्ट सरकारको चरीत्रभन्दा ठिक बिपरित चलिरहेको बर्तमान सरकारको रबैया , पाटी भित्र सिर्जित गुट, उपगुट र अस्वस्थ धुर्बीकरण , हारजितको मनोदशा , बदलाको भाब र निशानाले भबिश्यमा झन ठुलो दुर्घटना निम्त्याउन सक्ने कुरामा सचेत एबम आत्माआलोचित नहुने हो भने जतिसुकै एकता र मत्थरको नाटक गरेपनि त्यो केबल मुतको न्यानो भन्दा अरु केही हुन सक्दैन ।

देशैभरी जनतामा पैदा गरेको नैराश्यता र आक्रोशलाई यदि नेतृत्वले र खासगरी केपि ओलिको सरकारले चिर्न सकेन र आगामी दिनहरुमा आफुलाई सच्चाएर जनजिबिकाको सबालमा किसान , मजदुर , गरिब र बिपन्न बर्गलाई सम्बोधन गर्ने र खासगरी दिन दुईगुणा रात चौगुणा बढ्दै गएको भस्ट्राचारको नियन्त्रण र कारबाही गर्नुको सट्टामा बचाउ गर्दै जाने प्रधानमन्त्री केपि ओलिको प्रबृत्तिमा ब्यापक सुधार आएन भने सिङ्गो पाटीपङ्ती , नागरिक समाज , सचेत युबा र आम जनता सडकमा आउनुको विकल्प छैन । आशा गरौं , तमाम कमिकमजोरी सच्चाएर साँच्चिकै चिनको झै कम्युनिस्ट चरित्रको सरकारको उदय हुनेछ ।

भमनपा वाड न १३ चितवन
हाल – साउदी