बोली फुट्न गाह्रो छ। दाहिने गोडो चल्न छाडेको छ। दायाँ हर पूरै पक्षघात भएको जस्तै छ।

बोली फुट्न गाह्रो छ। दाहिने गोडो चल्न छाडेको छ। दायाँ हर पूरै पक्षघात भएको जस्तै छ। जिउ चलाउन पनि अरुको सहारा चाहिन्छ। वैशाख १४ अघिसम्म कालीबहादुर गुरुङ ९४२० परिवारका एकमात्रै सहारा थिए। दिनभर ज्याला मजदुरी गरेर कमाएकाका भरमा २ छोराछोरी र श्रीमतीको मुखमा माड लाग्थ्यो। डेरा भाडा तिरिन्थ्यो। जब कोरोना भाइरसको महामारी रोक्न लकडाउन लाग्यो गरिखाने मेलो हरायो। १४ गते ठेकेदारहरुको संस्थामा राहत बाँड्दैछ रे भन्ने सुनेर कालीबहादुर पनि लामाचौरबाट हिँडेर पृथ्वीचोक बसपार्क नजिकै आइपुगे।

राहतको लाइनमा लाग्दालाग्दै उनलाई चिटचिट पसिना छुट्यो। उभिँदा उभिँदै फ्याट्टै ढले। साथीभाइले तरकारी ओसार्ने गाडीमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याए। त्यहाँबाट सिटी स्क्यान गर्ने भनेर मणिपाल अस्पताल लगियो। रिपोर्टसहित क्षेत्रीय अस्पताल फर्किँदा डाक्टरले टाउकोको अप्रेसन गर्नुपर्ने बताए। अप्रेसन त्यहीं नहुने भयो। फेरि फेवासिटी अस्पताल पुर्‍याइए। ५ बजे अप्रेसन सुरु भयो। ९ बजे सकियो। अप्रेसनपछि उनको होस त खुल्यो तर बोली राम्ररी फुटेन। दायाँ हर चलाउन सकेनन्।

मजदुरी गरेर खाने कालीबहादुर मजदुर दिवसका दिन शुक्रबार अस्पतालको बेडमा सुतिरहेका थिए। श्रीमती गोडा चलाइँदै थिइन्। जिउ मिलाइदिँदै थिइन्। सुँक्कसुँक्क गर्दै उनी भन्दै थिइन्, ‘गाउँमा पनि घर छैन, आफ्नो मान्छे कोही छैन।
बाकि भिडीयोमा