क्रान्तिको गीत गाउने रानुदेवी :अलबिदा

बिराटनगर, शुक्रबार, बैशाख १९, २०७७
बिराटनगरको गहना रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा गए राती काठमाडौंमा निधन भएको छ । उहाँको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिएको जानकारी उहाँकी कान्छी छोरी अल्पना रेग्मीले दिनुभयो ।

रेडियो नेपालको प्रथम गायिका अधिकारीले विराटनगरमा स्थापित प्रजातन्त्र रेडियोमा क्रान्तिका गीत गाउनु भएको थियो । उहाँलाई सास फेर्न कठिन भएपछि अस्पताल लैजाने क्रममा बाटो नै निधन भएको थियोे । उहाँका दुई छोरी र एक छोरा हुनुहुन्छ ।