कोरोना संक्रमण थप दुई जनामा देखियो, संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं, बैशाख १९
थप दुई जनामा आज कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेर अघि सार्वजनिक गरेको सूचनाअनुसार आज दुई जनामा कोभिड २९ को संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको पनि मन्त्रालयले जनाएको छ । नयाँ दुई जना संक्रमित रुपन्देही निवासी २५ वर्षीया पुरुष र बाँके निवासी ६० वर्षीया पुरुष छन् ।