मोडलिङ सगैँ चलचित्रमा समेत मुख्य भुमीकामा खेल्दै समिर खान

काठमान्डौँ ।
नेपाली गीत संगीतको क्षेत्रमा आफनो अभिनयको अब्बल क्षमता प्रस्तुत गर्दैँ सबैका लोकप्रिय बनेका मोडल समिर खान अव चलचित्रमा डेब्यु गर्ने भएका छन । मनपरेको जुत्ता , घुम्न जाउँ पोखरा , कुणीकी जात गौरा , मेरी माया आखाँ भरी मलामी , दिलकी रानी लगायतका विभिन्न नेपाली सुगम तथा पप गीतमा आफनो अभिनय कला प्रस्तुत गरेका उनी नेपाली , हिन्दी र भोजपुरी भाषाको चलचित्रमा मुख्य भुमीकामा आफनो अभिनय प्रस्तुत गर्न लागेका हुन । विगत १२ बर्ष देखी इन्टेरियर डिजाइन र डिकोरेटर ब्यावसायका साथै मोडलिङमा विगत २ बर्ष देखी अनवरत रुपमा स्थापित भएका उनी आगामी किस्मत मे तहु हमरा , किस्मतमा तिमी नै छौ , जिन्दा रहे तो मेलेङगे चलचित्रबाट रजतपटमा आउने भएका छन । बाल्यकाल देखी नै आफनो अभिनय प्रतिको मोहको कारण रजतपटमा उनी आएको बताउछन ।

जिन्दा रहे तो मेलेङगे
बलिउड चलचित्र जिन्दा रहे तो चलचित्रमा त्रिकोणात्मक प्रेम र रोमान्समा आधारित सत्य प्रेम कथालाई प्रस्तुत गरिने भएको छ । भारतका साथै नेपालका विभिन्न रमणिय स्थानहरुमा यसको छाायाँकन गरिने निमार्ण पक्षले बताएको छ । जुन चलचित्रमा समिर खान , रोहणी मिश्र, अमृत सिंह परमिर , महेश शाह र अन्य कलाकारहरुले अभिनय गर्ने भएका छन । चलचित्रलाई सोभा मिश्रले लेखन तथा निर्देशन गरेकी छिन ।

किस्मत मे तहुँ हमरा
भोजपुरी भाषामा निमार्ण गर्न लागिएको चलचित्र किस्मत मे तहुँ हमरा मा युवा युवती विचमा रहने भावनात्मक प्रेम भावलाई चलचित्रमा समेटिने भएको छ । विभिन्न कलात्मक प्रस्तुतीका साथ मा चलचित्रलाई प्रस्तुत गर्न लागीएको बताइएको छ । जुन चलचित्रमा समिर खान र रोहणी मिश्रको मुख्य भुमीका रहने बताइएको छ । जुन चलचित्रको मुख्य कथा , पटकथा तथा निर्देशन सोभा मिश्रले गर्ने भएकी छन ।

किस्मतमा तिमी नै छौ
युवा युवती र मानिसको जिवनमा आइपर्ने विभिन्न घटनाक्रमलाई आधारित बनाएर किस्मतमा तिमी नै छौ चलचित्र निमार्णा गरिने भएको छ । जुन चलचित्रलाई भारतका साथै सिक्कीम र नेपालका विभिन्न स्थानमा छायाँकन गरिने भएको छ । गीत संगीतमा सबैभन्दा कुशल एवम राम्रो अभिनय क्षमत ा भएका मोडल समिर खान र रोहणी मिश्रको मुख्य भुमीका चलचित्रमा रहने भएको छ ।