कोरोनाको औषधि पत्ता लागेको भ्रममा नपरौं : डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे,
बिगत केहि महिनादेखि बिभिन्न व्यक्तिहरुले आफुले कोरोनाको औषधि पत्ता लगाएको भनेर मेडियामा बोलिरहेका छन् | यसले आम नागरिकमा भ्रम उत्पन्न भएको छ | औषधि पत्ता लगाएको कसैले भन्दछ भने उसले निम्न लिखित तथ्य आम नागरिकलाई बताउनु पर्ने हुन्छ |

१. औषधि पत्ता लगाउने व्यक्तिको योग्यता के हो ? , २. उक्त व्यक्तिले कुन कुन बनस्पति वा रसायन मिलाएर औषधि बनाएको छ ?, ३. त्यो बनस्पति वा रसायनमा कुन कुन तत्व हुन्छन ?, ४. ती तत्वले कोरोना भाइरसको जिन, प्रोटिन तथा लिपिड कसरी नष्ट गर्छ ?
५. उक्त औषधिको कुन केमिकलले शरीरको भाइरसलाई एक कोषबाट अर्को कोषमा जानबाट रोक्छ ?, ६. औषधिको कुन प्रणालीले भाइरसको मल्टिप्लिकेसन रोक्छ ?, ७. कुन तत्वले इम्युनिटी पावर कसरी बढाउँछ ?, ८. कुन शास्त्र वा अनुसन्धान पेपरमा त्यो औषधिबारे उल्लेख गरिएको छ ? , ९. कुन कुन कम्पाउण्ड मिलेर त्यो औषधि पत्ता लाग्यो ?, १०. उक्त औषधि पत्ता लगाउन कुन कुन रिसर्च टुल प्रयोग गरियो ?, ११. क्लिनिकल ट्रायल कुन कुन मेथडले गरियो ?, १२. कुन कुन जनावरमा कोभिड भाइरसको सुई लगाएर उपचार गर्दा त्यो औषधिले काम गर्यो ?, १३. क्लिनिकल ट्रायलको फाइन्डिंग के आयो ?, १४. यसका सपोर्टिभ डकुमेन्ट के के छन् ?, १५. अनुसन्धान परिषद, विश्वबिद्यालय, प्रयोगशाला, सम्बन्धित बिभाग तथा रिसर्च सेन्टर लगायत कुन कुन संस्थाबाट अनुसन्धान प्रमाणित भयो ?

यी आधारमा यदि कसैले अनुसन्धान गरेर कोरोना संक्रमणको औषधि पत्ता लगायो भने त्यो नेपालमात्र होइन विश्वको लागि ठूलो बरदान हुनेछ | अन्यथा क्षणिक चर्चाको लागि, आत्तिएका नागरिकबाट केहि हजार पैसा असुल्नको लागि तथा आत्मरतिको लागि यस्ता भ्रम छर्नु हुँदैन | आम नागरिक पनि यस्ता भ्रमको पछि लाग्नु हुँदैन |

(पाण्डे जनस्वास्थ्य विज्ञ हुन् । यो सामाग्रि उनको फेसबूकबाट लिएको हो)