बेलायती प्रधानमन्त्री जोन्सन लाई पुत्रलाभ

बेलायत : बेलायती प्रधानमन्त्री बोरिस जोनसन र उनकी प्रेमिका क्यारी साइमन्ड्सलाई बुधबार पुत्रलाभ भएको छ। प्रधानमन्त्रीका प्रवक्ता र उनका साथीका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य “राम्रो’ छ। यसअघि प्रधानमन्त्री बोरिस केही महिनाअघि मात्र कोरोनाभाइरसबाट निको भइसकेका थिए। उनी पनि छोरो जन्मिएको अस्पताल एनएचएसमा उपस्थित थिए।

‘प्रधानमन्त्री र उनकी पत्नी साइमण्डले शानदार एनएचएस मातृत्व टीमलाई धन्यवाद दिन चाहन्छन्,’ प्रवक्ताले थपे। ५५ वर्षीय जोनसन र ३२ वर्षीय साइमण्ड्सले मार्चमा “गर्मीको शुरुमा” बच्चाको आशा गरिरहेको जानकारी दिएका थिए। उनीहरूले गत वर्ष अन्त्यमा इन्गेजमेन्ट गरेका थिए। जोन्सनकी पूर्व पत्नी मिलरका साथमा २ छोरा र २ छोरीसहित ४ सन्तान छन् । पछि अन्य प्रेमिकाहरुबाट पनि जोन्सन १ वा २ थप सन्तानका पिता बनेको बेलायती मिडियाले जनाएका छन् ।

अक्सफोर्ड युनिभर्सिटी पढ्ने बेलाकी प्रेमिका एलेग्रा मोस्टिन ओवेनसँग सन् १९८७ मा भएको जोन्सनको पहिलो विवाह ६ वर्षमै टुटेको थियो । पहिलो विवाह तोडिएको २ सातामै उनले आफ्नो बाल्यकालदेखिकै साथी मरिना मिलरसँग दोस्रो विवाह गरेका थिए ।