गुल्मी दरबारको ज्यान मुद्धामा लुकेको रहष्य

गुल्मी । अत्याधिक मादक पदार्थ सेवन गरेर घर फर्कने क्रममा गुल्मी दरबार भोटुकाका मोहनप्रसाद चुडाली फागुनको दोस्रो हप्ता भीरबाट लडे । भीरवाट लडेका चुडाली अर्को दिनमात्रै मृत अवस्थामा फेला परे ।

स्थानीयवासीका अनुसार, पहिलानै मातेर आएका चुडालीले रुमपोखरामा लक्ष्मण डम्वरपाल र उनकी पत्नी ज्ञानुकुमारी डम्वरपालले संचालन गरेको होटलमा रुमपोखरा निबासी बिष्णुप्रसाद कण्डेललाई पनि बोलाएर फेरि मादक पदार्थ सेवन गरेका थिए । खानपीन पछि चुडाली र कण्डेल आआफ्नो घरतर्फ लागेका थिए ।

भीरवाट लडेर सडकमा पुगेका चुडालीलाई रातीनै सागर सोमैले देखेका थिए जुनवेला उनी बीरबासतिरैबाट आफैले गाडी चलाएर भोटुकातर्फ जांदै थिए । सोमैले चुडालीलाई वाटोवाट पन्छाएर गाडी अगाडि वढाए । उनले ठुलो गल्ती यही गरेका थिए किनकी न त उनले चुडाली मृतक हुन् कि मातेका मात्रै हुन् भन्ने जान्न चाहे न त स्थानीय मानिस वा प्रहरीलाई खवर नै गरे ।

स्थानीय वासिन्दाको दावा यो छ कि चालक सोमैसंग चालक अनुमतिपत्र छैन, जसले गर्दा उनले कसैलाई खवर गर्दा आफुसंग चालक अनुमपतिपत्र नभएको कुरा खुल्छ भन्ने डरले कसैले खवर नगरी अगाडि वढेका हुन् । प्रहरीले यो कुरालाई अनुसन्धानका क्रममा गम्भीर रुपमा लिएको छैन । के सोमैले वाटोवाट पन्छाउंदा चुडाली मरीसकेका थिए वा पछि मरे ? यो प्रश्नको उत्तर अनुसन्धान गर्ने क्रममा प्रहरीले दिएको छैन ।

चुडाली मृत अबस्थामा भेटिएपछि सांझ होटलमा संगै रहेका बिष्णु कण्डेललाई प्रहरीले अनुसन्धानका लागि भनेर गिरफ्तार गर्यो । त्यसको एक हप्तापछि प्रहरीले अनुसन्धानका लागि भनेर होटल संचालक लक्ष्मण डम्बरपाल, उनकी श्रीमती कमला डम्बरपाल, चुडालीलाई पञ्छाएर गाडी अगाडि वढाउने चालक सागर सोमै, र यो घटना देखेर पनि फसिएला भन्ने डरले लुकाउन खोज्ने इन्द्रबहादुर डम्बरपाल र उनकी श्रीमती ज्ञानुकुमारी डम्बरपाललाई समेत थुनामा राख्यो ।

सागर सोमै सहितका छ जनालाई थुनामा राखेपनि प्रहरी निरीक्षक चुडामणी पुनले विष्णु कण्डेललाई अपराधी वनाउन निकै प्रयास गरे । उनले अभियुक्त कण्डेललाई मैले नै भीरवाट घचेटेर चुडालीलाई मारेको हुं भनी वयान दे भनी मानसिक र शारिरीक दवाव दिए तर कण्डेलले स्वीकार गरेनन् ।

प्रहरी निरीक्षक पुन मात्र नभए प्रहरी उपरीक्षक राजेन्द्र खड्काको शंका पनि विष्णु कण्डेल पट्टीनै मोडियो । सरकारी वकीलको कार्यालयमा प्रहरी उपरीक्षक खड्काले वुझाएको अनुसन्धान प्रतिवेदनमा पनि विष्णुलाई अभियुक्त वनाइएको छ ।

अभियुक्त कण्डेलले आफु सांझमा एकैछिन संगै वसेर पिएको तर त्यसपछि आआफ्नो घर गएकोले आफ्नो दोष नभएको वताउंदै आएका छन् । अहिले मुद्धा अदालतमा चलिरहेको छ र अभियुक्त कण्डेलका परिवारजन भने न्यायलयवाट आफुहरुले न्याय पाउंछौ भनी विश्वासका साथ प्रतिक्षारत छन् । यही घटनामा आधारित भएर गुल्मी दरवार वडा नं ४ का वडाध्यक्ष खुमवहादुरले आफुमाथि दुव्र्यवहार गरेको अभियुक्त कण्डेलका छोरा कृष्ण कंडेलले दुखेसो पोखेका छन् । – इनेप्लिज

(तस्विर घटनास्थलको होइन, यो सांकेतिक तस्विर प्रयोग गरिएको हो)