कोरोना संक्रमण नियन्त्रणबारे सिंगापुरको यो अनुमान

डा. रवीन्द्र पाण्डे,
सिंगापुर युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड डिजाइनले विश्वमा कहिले कोरोना संक्रमण नियन्त्रण हुन्छ भनेर अनुसन्धानात्मक अनुमान गरेको छ | उक्त अनुसन्धान अनुसार सुरक्षात्मक उपायहरु अबलम्बन गरेमा विश्वमा कोरोना संक्रमण मई ३० सम्म ९७ % र डिसेम्बर १ सम्म १०० % अन्त्य हुने जनाएको छ | अप्रिल २८ मा अपडेट भएको यो तथ्यांकबाट धेरैजना आशाबादी भएका छन् भने यसलाई असम्भव भनेर आलोचना गर्ने पनि उत्तिकै छन् |

त्यस्तै सिंगापुरमा मई ९ सम्म ९७ % र जुन १० सम्म १०० %, अमेरिकामा मई १५ सम्म ९७ % र सेप्टेम्बर ९ सम्म १०० %, भारतमा मई २४ सम्म ९७ % र अगस्त २ सम्म १०० %, इटालीमा मई ९ सम्म ९७ % र अगस्ट ३१ सम्म १०० %, बेलायतमा मई १७ सम्म ९७ % र अगस्ट २२ सम्म १०० %, जर्मनीमा मई ३ सम्म ९७ % र जुन ६ सम्म १०० %, स्पेनमा मई २२ सम्म ९७ % र अगस्ट ९ सम्म १०० %, स्पेनमा मई २ सम्म ९७ % र अगस्ट २ सम्म १०० %, क्यानाडामा मई २२ सम्म ९७ % र अगस्ट २० सम्म १०० %, अस्ट्रेलियामा मे २७ सम्म १०० %, जापानमा मई १३ सम्म ९७ % र जुन १० सम्म १०० %, युएईमा मई २२ सम्म ९७ % र जुलाई २३ सम्म १०० %, कतारमा मई ३० सम्म ९७ % र जुलाई ६ सम्म १०० %, ओमनमा मई २७ सम्म ९७ % र जुलाई १७ सम्म १०० %, मलेसियामा मई ६ सम्म ९७ % र जुलाई ८ सम्म १०० % ……कोरोना संक्रमण नियन्त्रण हुने जनाएको छ |

(पाण्डे जनस्वास्थ्य विज्ञ हुन् । यो सामाग्रि उनको फेसबूकबाट लिएको हो)