डिभी लोटरीको नतिजा कोरोना कहरले स्थगित

लुइभेल, केन्टकी । अमेरिकामा वढ्दो कोरोना संक्रमणको कारण अमेरिकी विदेश मन्त्रालय डाइभर्सिटी भिसा (डीभी)को नतिजा एक महिनाका लागि स्थगन गरेको छ । डीभी लोटरीको नतिजा मे ५ मा सार्वजनिक हुने तय भएको भएपनि अव जुन ५ मा मात्रै नतिजा सार्वजनिक हुने विदेश मन्त्रालयले जानकारी दिएको छ ।

अमेरिकी स्रोतसाधन अहिले कोरोना महामारीको समस्या समाधान गनृ केन्द्रित भएको कारण डिभी लोटरीको परिणाम एक महिना पर सारिएको मन्त्रालयले जानकारी दिएको हो ।

डिभी लोटरीको नतिजा ढिलो सार्वजनिक गरेपनि अमेरिका आउनका लागि लिइने अन्तर्वार्ताको समयमा भने परिवर्तन नहुने र आगामी अक्टोवर १ देखि अन्तर्वार्ता सुरु हुने मन्त्रालयले जनाएको छ । – इनेप्लिज