अष्ट्रेलियामा एकैबेतमा २१ वटा कुकुरका छाउरा-छाउरी

अष्ट्रेलियामा एकैबेतमा २१ वटा कुकुरका छाउरा-छाउरी जन्मिएका छन् । हाल सम्मको अष्ट्रेलियाको ईतिहासमै यति धेरै एकै बेतमा जन्माएको यो सर्वाधिक ज्यादा हो ।

अष्ट्रेलियाको क्विन्सल्याण्ड स्थित एक पशु चिकित्सालयका पशु चिकित्सक प्याट्रीजा ज़िम्मरम्यानले कूल २१ वटा छाउरा-छाउरी जन्मिएको जानकारी दिएका छन् । उनका अनुसार घरमालिक नेपोलिटन मास्तिफले उक्त कुकुरले ३ वटा छाउरा/छाउरी घरमै जन्माएको बताइन ।

अलिक अप्ठ्यारो स्थिति भए पछि उनले गत सोमबार अस्पतालमा ल्याएकी थिइन् । चिकित्सकका अनुसार ४ घण्टा सम्म पनि छाउरा जन्माउन कठिन भए पछि घरमालिकले अझ खराव नहोस भनि पशु अस्पताल ल्याएकी थिइन् ।

पशु शल्य चिकित्सकहरुले अझ १० वटा छाउराहरु जन्मनु पर्ने पत्ता लगाएका थिए । र अन्तिममा शल्य चिकित्सकहरुले १८ वटा छाउराहरु निकाल्न सफल भए । जस मध्ये हाल १८ वटा मात्र जीवित रहेका छन् ।

आश्चर्यजनक एकैसाथ यति धेरै कुकुरका छाउरा/छाउरी जन्मिए र यसले यो भन्दा अघि १९ वटा अष्ट्रेलियाले कायम गरेको ईतिहासलाई तोड्यो भनि अस्पतालले भनेको छ ।

सन् २००४ मा एकै बेतमा २४ वटा कुकुरका छाउराहरु जन्मिएको गिनिज बिश्व रेकर्ड रहेको छ ।

श्रोत :युपिआई

तस्बिर कृतज्ञता : एनिमल इमरजेन्सी सर्विस / इनेप्लिज