कोरोना भाइरस संक्रमितमा देखिने सम्भावित ६ लक्षणका वारेमा सिडिसीको जानकारी

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र(सिडिसी)ले कोरोना भाइरसका सम्भावित ६ लक्षणहरु हुने बताएको छ । सिडिसीले कोरोना भाइरसका थप लक्षण आफ्नो सूचीमा सामबेश गरेको जनाएको छ ।

सिडिसीका अनुसार उक्त थप सम्भावित लक्षणहरुमा चिसो,चिसोको कारण बारम्बार काप्ने,मांसपेशी दुख्ने,टाउको दुख्ने,घाँटी दुख्ने र स्वाद वा गन्धको थाहा नपाउने जनाएको छ ।सीडीसीले पहिले ज्वरो,खोकी र सास फेर्न गाह्रो हुनेलाई लक्षणहरूको रूपमा सूचीबद्ध गरेको थियो ।

कोरोनाभाइरस बिरामीहरूले धेरै किसिमका विविध समस्याहरु अनुभव गर्न सक्दछन् भनेको छ । हल्का लक्षण देखि गम्भीर बिरामी सम्म हुने जनाएको छ । यी लक्षणहरू सामान्यतया भाइरसको सम्पर्क पछि २-१४ दिन पछि देखा पर्दछ।

एक अध्ययनका अनुसार बिरामीहरूमा लक्षणहरू देखाउन थाल्नु अघि नै धेरै संक्रामक हुन सक्ने जनाएको छ ।

श्रोत :युएसए टुडे / इनेप्लिज