पिडामा परे यो नम्बरमा कल गर्नुस्, राहत पाउँनु हुन्छ

काठमाडौं । कोरोना भईरसको कारण एक महिना अगाडीदेखि नेपाल लकडाउन भएपछि आपतमा परेका मावदेखि पशुपंक्षीसम्मको भोक टार्नमा यतिबेला नेपाल शाकाहारी पार्टीलाई भ्याई नभ्याई छ । बिश्वका कुनै पनि जिवित प्राणी खान नपाएर प्राण त्याग गर्नु नपरोस् भन्ने उद्धेश्य बोकेर यस पार्टीका नेता तथा कार्यकर्ताहरुको दैनिकी मासु रहित खाना र राहत बाँडनमा व्यस्त हुने भए पछि राहतमा नेपाल शाकाहारी पार्टीलाई चटारो नै परे जस्तो देखिन्छ ।

देश लकडाउनमा जाना साथैदेखि राहत जुटाउँने र सम्बन्धित ठाउँमा स्वयम पुगेर वितरण गर्नमा यो पार्टी केन्द्रित छ । सरकार या सम्बन्धित निकाय भनेर कहाँ कसले बाँड्यो बाँडेन भन्नु भन्दा पनि मान्छे वा पशु नै भएपनि भोकै भएको देख्न नसकिदो रहेछ । त्यसैले हाम्रो मानवीय कर्तब्य ठानेर हामी आफैं राहत तथा खाना वितरणमा लागी पर्ने गरेका छौं । पार्टीका केन्द्रीय अध्यक्ष राधे खड्काले भने । हुन पनि राहत जुटाउँन होस् या वितरण गर्न, शाकाहारी खाना पकाउँने काममा समेत अध्यक्ष खड्का आफैं खट्ने गर्छन् । जसको क्षमतादायी नेतृत्वको कारणले गर्दा दैनिक रुपमा हजारौंलाई शाकाहारी खाना र खाद्यान्न वितरणको व्यवस्थापन मिलेको छ अनि साँच्चीकै राहत पाउँनु पर्ने व्यक्तिहरुको पेटसम्म त्यो राहत पुगेको छ । जहाँ आवश्यकता त्यहाँ राहत भन्ने मान्यता राखेर अभियान चलाएको यो पार्टीको संयोजनमा वितरित राहतले धेरैको मुहारमा खुसी छरि रहेको पार्टीका नेता तथा कार्यकर्ताहरुको अनुभव रहेको छ । उनीहरुले खाना, खाद्यान्न मात्र नभई ग्यास सकिएर पकाउँन नपाएको परिवारहरुका लागी नगद रकम समेत दिने गरेका छन् ।

नेपाल शाकाहारी पार्टीको यो दैनिकी २५ औं दिनमा पुगि सकेको छ । यो अवधिमा उनीहरुले वितरण गरेको राहतको संख्या हिसाब गर्ने हो भने लाखौं पुगि सकेको छ । सडकमा,मन्दिर वा अन्य सार्वजनिक ठाउँहरुमा खाना खान नपाएर अलपत्र परेका पशुपंक्षी र त्यस ठाउँहरुमा बस्ने मानिसलाई समेत यस पार्टीले खाना खुवाई रहेको छ । दैनिक ज्यालादारीमा काम गर्दा गर्दै लकडाउनको कारणले गर्दा चुल्हो बल्न छोडेकाहरु हुँदै यो पार्टीले चलचित्रका पर्दा वा म्युजिक भिडियोहरुमा समूह नृत्य गर्ने नृत्य कलाकारहरुलाई राहत वितरण गरको छ । पार्टीको कुशल संयोजन तथा ग्रासरुड मुभमेन्ट ईन नेपालको आर्थिक सहयोगमा ७२ यस्ता परिवारलाई प्रति परिवार १० पकलो चामल, दुई किलो दाल, एक लिटर तेल र नुन वितरण गरिएको हो । नृत्य कलाकारहरुलाई यस्तो राहत वितरण गर्दा नेपाल चलचित्र कलाकारका संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र बिकाश बोर्डका पुर्व सदस्य राजेन्द्र के.सी. उपाध्यक्ष मोहन निरौला, कार्यकारी सदस्य गीता नेपाल, रामेश्वर बुर्लाकोटी, प्रेस सल्लाहकार सुर्य चन्द, पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अधक्ष्य राधेश्याम लेकाली, संचारकर्मी रिता लिम्बु, नृत्य संघका पूर्व अध्यक्ष दिनेश पाख्रिन, सामाजसेवी भानु ढकालको लगायतको उपस्थिति रहेको थियो । नृत्य कलाकारहरुलाई यस्तो राहत वितरण गर्दा गर्दा अनामनगरमै १०० जना जतिलाई निशुल्क शाकाहारी खाना खुवाईएको थियो ।

अनामनगरमा खाद्यान्न वितरण र खाना खुवाउँने कार्य सकिएपछि समाजसेवी दिलशोभा श्रेष्ठद्वारा सञ्चालित आमाघरमा रहेका वृद्धाहरुलाई खाना खुवाएर दैनिक उपभोग हुने सामाग्रीहरु वितरण गरिएको छ । त्यसै गरी आफ्नो घर जाने तयारी गर्दै गर्दा कलंकीमा अलपत्र परेका २५० जनालाई खाना खुवाईएको र त्यही वरपरका १० परि घरहरुमा खाद्यान्न वितरण गरेको अध्यक्ष खड्काले बताए । अध्यक्ष खड्काका अनुसार उक्त ठाउँमा हण्ड्रेट ग्रुप, डिभाईन ईन्टरनेशनल फाउण्डेसन तथा हिमालय विद्याश्रमको समेत संलग्नता रहेको थियो । उनले त्यसरी अलपत्र परेकाहरुलाई सहज रुपमा घर पठाउँनको लागी पार्टीले बसको व्यवस्था गर्न पनि पहल लिई रहेको बताए । यस पार्टीको नेतृत्वमा काठमाडौं मात्र नभई काठमाडौं बाहिरका हजारौं पशुपंक्षीलाई पनि खाना खुवाउँदै आएको बताईएको छ ।

राहत बाँड्नको लागी उपत्यकाका विभिन्न ठाउँहरुमा चाहारि रहेका अध्यक्ष खड्काले बैशाख १३ गते शनिबारका दिन भने आफ्नै निवास टोलमा ५० देखि १०० जनाको परिवार संख्यालाई आफ्नो व्यक्तिगत खर्चमा खाद्यान्न लगायतका सामाग्री वितरण गर्ने बताएका छन् भने पार्टी कार्यालय रहेको बागडोल ४, झम्सिखेल एरियामा पनि उत्तिकै संख्यामा राहत वितरण गर्ने बताएका छन् । आपतमा परेका व्यक्तिहरुले राहत पाउँनको लागी आफ्नो व्यक्तिगत नम्बर ९८४१५७१०२१ मा सम्पर्क गर्न उनको आग्रह रहेको छ ।