नवलपरासी कांग्रेसले दियो सबै स्थानीय तहलाई राहत, ९ लाख बराबरको खाद्यन्न हस्तान्तरण

हरि शर्मा परासी : नेपाली कांग्रेस पश्चिम नवलपरासीले जिल्लाका सबै स्थानीय तहलाई खाद्यन्न राहत उपलब्ध गराएको छ । कार्यवहाक जिल्ला अध्यक्ष अर्जुन कुमार पोखरेल नेतृत्वमा जिल्ला नेता एंव संविधानसभा सदस्यद्धय विक्रम खनाल, देवकरण जयसवाल तरुणदल जिल्ला अध्यक्ष सुक बहादुर गुरुङलगायतको राहत वितरण टोलीले आइतबार जिल्लाका सात स्थानीय तहका प्रमुखहरु भेटेर खाद्यन्न उपलब्ध गराएको हो । जिल्लामा तीन नगरपालिका र चार गाउापालिका छन् । उपलब्ध गराइएको राहतमा १ सय ७५ क्विन्टल चामल छ । जसको बजार मूल्य प्रतिक्विन्टल ५ हजारका दरले कुल ८ लाख ७५ हजार रहेको छ । हरेक स्थानीय तहलाई २५ क्विन्टल चामलका दरले राहत उपलब्ध गराइएको कार्यवहाक अध्यक्ष पोखरेलले जानकारी दिए ।

उपलब्ध गराइएको चामल सावा मनसुली हो । कांग्रेस नेता एंव कार्यकताहरुले रातह वितरणका लागि रकम उपलब्ध गराएका थिए । विपद्को समयमा पक्ष/प्रतिपक्ष कोही हुनुहुदैन । यस्तो समयमा सरकारले चालेका कदमलाई सहयोग गर्नु सबैको कर्तव्य हो । कोरोना संक्रमणसागै भएको लकडाउनले दैनिक मजदुरी गरेर खाने वर्ग प्रभावित हुने भएकाले उनीहरुको सहयोगका लागि राहत उपलब्ध गराइएको हो ।’ कार्यवहाक अध्यक्ष पोखरेलले भने । एकद्धार प्रणाली मार्फत प्रभावित वर्गमा पुर्‍याउनका लागि स्थानीय तहलाई राहत उपलब्ध गराइएको उनले बताए ।

राहत सामाग्री बुझ्दै रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले राजनीतिक दलसहित विभिन्न संघसंस्था र सहयोगीदाताहरुले उपलब्ध गराइएको राहत वडा स्तरमा गठन भएका राहत समिति मार्फत अति विपन्न वर्गमा वितरण गरिने बताए ।

यसैबीच नेपाल तरुण दल पश्चिम नवलपरासीले विदेशबाट गाउ आएका सर्वसाधारणका बारेमा जानकारी गराउन वडा स्तरका तरुण कार्यकर्तालाई निर्देशन दिएको छ । जिल्ला अध्यक्ष सुक बहादुर गुरुङका अनुसार विदेशबाट गाउा/टोलमा आएका सर्वसाधारणहरुमाथि निगरानी राख्न र आएको जानकारी पाए घरमै वा स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बस्न जानका लागि सुझाव दिन तरुणहरुलाई निगरानीमा खटाइएको हो ।