नेपाली चलचित्र तथा बलिउड चलचित्रमा परिचित बन्दै महिला चलचित्र निर्देशक शोभा मिश्र

काठमाडौँ ।
चलचित्रको क्षेत्रमा स्थापित महिला निर्देशकको रुपमा परिचित शोभा मिश्र पछिल्लो समय चलचित्रमा निकै क्षमतावान निर्देशकको रुपमा परिचित रहेकी छन । सानै उमेर देखी विद्यालय स्तरिय कार्यक्रमहरु मा आफनो प्रतिभा प्रस्तुत गरेर सबै की प्रिय बन्न सफल भएकी उनी एक साथ तिन नेपाली तथा हिन्दी चलचित्रको निर्देशनमा होमिएकी छन । सानै उमेर देखी कलाकारिता पं्रतिको अगाढ माया र रहरकै कारण चलचित्रको क्षेत्रमा आफुले प्रवेश गरेको बताएकी छन ।

सडक नाटक , कविता नाटक लगायतका विधामा आफनो प्रतिभालाई उनले बाल्यकाल देखी नै आफनो कोमल हात चलाएकी थिइन । बहु प्रतिभाकी धनी उनी शोभा मिश्र आफनो प्रतिभालाई बाहिर ल्याउनको लागी नै चलचित्र क्षेत्रमा होमिएको बताउछिन । बाल्यकालमा बाल कलाकारको रुपमा विभिन्न थेटरमा काम उनले गरेकी छन । पछिल्लो समयमा भारतको मुम्बईमा बसेर आफनो चलचित्र प्रतिको अनुभवलाई बलिउडका विभिन्न चलचित्रहरुमा काम गरिसकेकी छन । नेपाली सुगम गीत संगीतको निर्देशन साथै भोजपुरी चलचित्रकी पहिलो महिला निर्देशकको रुपमा उनी रंगमन्चमा परिचित भएकी छन । उनीद्धारा निर्देशन हुने हिन्दी चलचित्र जिन्दा रहे तो मिलेङगे छिटै फोलरमा जाने भएको छ ।

जुन चलचित्रमा विगत १२ बर्ष देखी इन्टेरेयर डिजाइन एण्ड डिकोरेसन ब्यावसाय गदै विभिन्न नेपाली गीत संगीतमा आफनो अभिनयको जादुै २ बर्ष देखी नेपाली सुगम गीत संगीतको अभिनयमा तथा पप गीतको फिचरिमा सुपरित गदैँ आएका समिर खान , रोहीनी मिश्र , अमित सिंह परमेर , र महेश शाहको अभिनय रहने भएको छ । जसमा शोभा मिश्रको लेखन तथा निर्देशन रहने भएको छ । साथै भोजपुरी चलचित्र किस्मत मे तु है हामरा , किस्तमतमा तिमी नै छौ , पोष्ट प्रोडक्सनमा रहेको छ । आगमी जिम्दार रहे तु मिलेङगे दिल्ली तथा पञ्जाममा सुटिङ हुने भएको छ ।