क्वारेन्टिनमा अलपत्र सुत्केरी भोकै शिशु

पाँचथर : लकडाउनको समयमा काठमाडौंबाट घर आएका पाँचथरका विद्यार्थी र मजदुरहरुको बिचल्ली भएको छ। उनीहरुलाई विद्यालयको भवनमा कोचेर राखिएको छ। जिल्लामा निर्माण गरेका क्वारेन्टाइको क्षमताले नभ्याएपछि विद्यालयको एउटै कोठमा दर्जनौलाई कोचेर राखिएको हो।

सुत्केरी महिलाहरु चिसो भुँइमा बस्न बाध्य छन्। स्थानीय सरकार र प्रशासनसँग समन्वय नगरी एकसाथ ठूलो संख्यामा जिल्ला भित्रिएपछि समस्या भएको हो।

तीन दिनको अवधिमा तीन सय भन्दा धेरै विद्यार्थी र मजदुरहरु पाँचथर भित्रिएका छन्। उनीहरुलाई घर जान दिइएको छैन।

सबैलाई विद्यालयको भवनमा राखिएको छ। हेर्नुहोस उनिहरुको विजोग अवस्थाको भिडियो