बेलायती प्रधानमन्त्री बोरिसले जिते कोरोना, सोमबारदेखि काममा फर्किँदै

लन्डन । नोभेल कोरोना भाइरसक संक्रमणका कारण तीन सतादेखि कामबाट टाढिएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबारदेखि नियमित काममा फर्किने भएका छन् ।

जोन्सनल सोमबारदेखि लन्डनस्थित प्रधानमन्त्री कार्यालय १० डाउनिङ्‌स्ट्रिटमा फर्किएर नियमित काम अघि बढाउने भएका हुन् ।

प्रधानमन्त्री जोन्सनको अनुपस्थितिमा उनको जिम्मेवारी विदेशमन्त्री डोमिनिक राबले सम्हाल्दै आएका थिए । राबले आइतबार बीबीसीसँग कुरा गर्दै भने, “प्रधानमन्त्री काममा फर्किँदा मुलुकका जनताको उत्साह बढ्नेछ ।”

२७ अप्रिलमा कोरोना संक्रमण देखिएका बोरिस जोन्सन ५ मार्चमा लन्डनस्थित सेन्ट थोमस अस्पतालमा भर्ना भएका थिए । ६ अप्रिलमा उनलाई आईसीयूमा राखिएको थियो भने १२ अप्रिलमा उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री जोन्सन चेकर्समा आराम गरिरहेका थिए । – बीबीसी