कुम्भ राशिका लागि कुन रंग र कुन बार शुभ ?

गु, गे, गो, सा, सि, सु, से, सो, दा — हिन्दू धर्म र दर्शनले हाम्रो जीवनलाई मार्ग दर्शन गरिरहेको छ । परापूर्व कालदेखि ज्योतिष शास्त्रले विश्वमै आफ्नो स्थान लिएको छ । आजको आधुनिक विश्वले पनि ज्योतिष शास्त्रलाई नकार्न सक्दैन भने प्रतिदिन महत्व बढदै छ ।

यहाँ हामीले ज्योतिष शास्त्र अनुसार कुम्भ राशिका लागि कुन कुन रंग र कुन कुन बार शुभ फल दिने खालका हुन्छन भनेर चर्चा गरेका छौ । आशा छ, यसले तपाइको जीवनमा सकारात्मक प्रभाव नै पार्ने छ ।

कुम्भ राशि भएका व्यक्तिलाई कालो, नीलो रंगले शुभ फल दिने हुन्छ । यो राशि भएका व्यक्तिहरूले कालो वा नीलो रूमाल गोजीमा राखिरहने गर्नु पर्दछ, जसको प्रयागले मानशिक शान्ति अनि शुभ फल प्राप्त हुन्छ । पहिरनमा पनि कालो नीलो शुभ हुन्छ ।

युवा ज्योतिषी केशव गौतम