ज्योतिषीले विशेष भूमिकामा रहेको शक्तिमा संकट आउने बताएकै थिए

८ बैशाख, काठमाडौं । जब जब राजनीतिमा केही तरङ्ग आउँछ तब तब ज्यो. दीपक सुवेदीका भविष्यवाणीका फाइलहरु पल्टाइन्छन् । यस पटक पनि त्यस्तै भएको छ । जब सत्तासीन पार्टीभित्र नै द्वन्द सृजना हुने गरी मन्त्री परिषद्ले अध्यादेशको लागि राष्ट्रपतिलाई सिफारिस गर्यो र राष्ट्रपतिबाट पनि ती अध्यादेश जारी भयो । जसले नेपालको राजनीतिमा राजनीतिक कोरोनाको संक्रमण बढाउने अनुमान हुन थालेको छ । एकाएक किन अध्यादेश चाहियो भन्ने प्रश्नचिह्न लागि रहेको छ ।

यसै सन्दर्भमा न्यूजटिमले बेलाबेलामा राजनीतिक भविष्यवाणी गरेर सत्यसावित गर्दै चर्चामा आउने ज्यो.पं. दीपक सुवेदीको युट्युब च्यानलाई सर्च गर्न पुग्यो । त्यहाँ सुवेदीले अपलोड गरेको एउटा भिडियो फेला पर्यो । जसको ‘नयाँ वर्ष वि.संं. २०७७ मा विश्वमा घट्नसक्ने छन् यस्ता घटनाहरु !!! नेपालमा राजनीतिक तथा संवैधानिक संकट’ शीर्षक दिइएको छ । जुन भिडियोमा उनले स्पष्टसँग विशेष अस्तित्त्वमा रहको शक्तिभित्र आन्तरिक द्वन्द गाँजिएर जाने छ । शासन व्यवस्थामा राजनैतिक तथा संवैधानिक संकट पर्नाले राज्यसत्तालाई निरन्तरता दिन चुनौति सृजना हुनेछ । सत्ता परिवर्तनको संभावना टड्कारो भएर उपस्थित हुनेछ । भनेका छन् ।

सो भिडियोमा उनले विश्वव्यापि रुपमा वर्षदिनमा घट्नसक्ने घटनाक्रमदेखि विश्वलाई आक्रान्त बनाइरहेको कोरोना समस्या कहिले समाधान हुने भन्नेलगायतका धेरै पक्षमा ज्योतिषीय विचार दिएका छन् । अप्रिल ६ मा अपलोड गरेको सो भिडियोमा उनले बताएको कुरा १५ दिन नबित्दै नेपालमा घट्न शुरु गरिसक्यो । गतसालमा पनि उनले २०७६ सालको भविष्यवाणी गर्दै सो वर्ष विश्वव्यापि रुपमा विभिन्न घटना दुर्घटना रोगको महामारीप्रद रहने छ भनेको थिए । नभन्दै त्यस्तै भयो ।

ज्योतिष क्षेत्रमा अँध्यारोमा ढुङ्गा हान्ने ज्योतिषीहरुको मार्केट ठूलो रहेको बेला सुवेदी जस्ता ज्योतिषीहरुले भनेको भनाई समयमै खासै बाहिर नआए पनि जब घटना घट्छ अनि बाहिर आउने गरेको पनि छ । अनौठा भविष्यवाणी गर्ने ज्योतिषीको रुपमा चिनिने ज्यो. सुवेदीले शान्तिसंझौताको समयदेखि गर्दै आएका भविष्यवाणीहरु न्यूजटिमलाई जानकारीमा छ । पहिलो संविधान र त्यतिबेलाको राजनीतिक संयन्त्रबाट कुनै पनि निकास निस्कदैन भन्ने भविष्यवाणी गरेको कारण उनी ज्योतिष क्षेत्रमै पनि आलोचित हुन पुगेका थिए । तर पछि उनले भने झै नै भए पछि उनको भविष्यवाणीमा आम सर्वसाधारणको ध्यान आक्रिष्ट हुन थालेको हो ।

कुनै मिडियामा एक चरणमा स्थानीय निर्वाचन संभव छैन भनेर बोलेवापत पनि उनी आलोचित बनेका थिए तर अन्ततः निर्वाचन तीन चरणमा भयो । यस्ता भविष्यवाणीहरु उनले धेरै गर्दै आएका छन् शुरुमा अपत्यारिलो लागेपनि अन्ततः पुग्ने गर्छन् । अहिले पनि उनले पन्ध्रदिन अघि भनेको कुरा नेपाली राजनीतिमा देखिइसक्यो । नयाँ वर्षको वार्षिक भविष्य फलमा उनले केही राम्रा पक्षलाई पनि दर्शाएका छन् जुन नेपालको लागि सकारात्मक रहेको छ । उनले दिएको अभिव्यक्तिको तलको भिडियोमा हेर्नसक्नु हुन्छ ।