धनु राशिको बार्षिक राशिफल २०७७

सिंह राशि भनेको य, यो, भा, भी, भू, ध, फा, ढ, भे अक्षरबाट नाम अाउने व्यक्ति भन्ने बुझ्नु पर्छ । राशिफल जान्नु अघि यो मन्त्र सबैले एक साथ भनाैँ, व्यादीर्घास्य शिरोधरः पितृधनस्त्यागीकविर्वीर्यवान् । वक्ता स्थुलरदश्रबोधरनसःकर्मोद्यतःशिल्पवित् ।।

ज्योतिषः केशव गौतम,

सर्ब प्रथम वि.सं २०७७ को सुखद् अवसरमा सम्पूर्ण दर्शक तथा श्रोता गणमा सुख,शान्ति,समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु । गुरु वर्षको आरम्भमा धन स्थानमा, त्यसपछि श्रावण १ गते पुनः तनुस्थानमा फर्किने र चैत्र ११ सम्म धनस्थानमा र चैत्र ११ पछिपराक्रम स्थानमा पुग्नेछ ।

शनि वर्षको आरम्भबाट धनस्थानमा, श्रावण २१ देखि पुनः वक्रगतिबाट राशिमा फर्किने र मंसिर १ गते पुनः मार्गगतिबाट धनस्थानमा पुग्नेछ । राहु वर्षारम्भमा दाम्पत्य स्थानमा, केतु राशिमा र भाद्र २५ गतेदेखि राहु शत्रु विजय स्थानमा र केतु खर्च स्थानको ग्रह गोचरअनुसार वर्ष श्रमसंघर्षयुक्त रहनेछ ।