लकडाउनमा तनहुमा डरलाग्दो घटना कस्ले गर्यो यस्तो ! ४ जनामा एकको ह**त्या घटनास्थलमा पुग्दा

तनहुँको भानु नगरपालिकाको वडा नम्बर ५ र ६ को सिमाना नाबरुङ्ग स्थित फापरपानी खोल्सामा एक युवक मृत अवस्थामा भेटिएका थिए । भानु(१ भन्सार निवासी २१ वर्षीय पविन गुरुङ मृत अवस्थामा खोल्सामा भेटिएका हुन् ।

गत बुधबार (वैशाख ९ गते) स्थानीय युवा बीच झडप भएको र उक्त झडप पछि सम्पर्कमा नआएका गुरुङ बिहीबार फापरपानी खोल्सामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सामान्य भनाभनको निहुँमा युवा बीच झडप भएको प्रारम्भिक अनुसन्धानमा बुझिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लिलाराज लामीछाने ले बताए । स्थानियको भनाइ अनुसार बेलुकी एक पसलमा बसेर खाएको र उक्त ठाउका केटाहरु आएपछि उक्त घटना भएको स्थानिय हरु बताउछन उक्त घटनामा भानु (५ का वडा अध्यक्ष प्रकाश मल्ल(टाइसन) सहित १६ जना युवा संलग्न भएको आशंकमा अनुसन्धानका लागि हिरासतमा राखेको तनहु प्रहरी प्रवत्ता लामीछानेले बताएका छन कस्तो छ घटना स्थल के भन्छन स्थानिय अबको भिडीयोमा हामी प्रस्तुत गर्नेछौ प्रस्तुत छ स्थलगत रीपोर्ट।