कोरोनाको लक्षण देखिएको भन्दै अस्पतालले लिन नमानेपछि धनकुटाकी नरदेवी गुरुङको मृ,त्यु

विराटनगर । विश्वभर महामा,रीका रुपमा फै,लिएको कोरोना भा,इरस सं,क्रमणको त्रा,सका कारण विराटनगरका अस्पतालले लिन नमानेपछि उपचार नपाएर एक जना बिरामी महिलाको मृ,त्यु भएको छ । उपचारका लागि अ,स्वीकार गरेर महिलाको मृ,त्यु भएको घ,टनालाई अस्पतालको गम्भीर लापरबाहीका रुपमा लिइएको छ । कोरोनाको लक्षण देखिएको भन्दै अस्वीकार गरेपछि समयमा उपचार नपाएर धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको मंगलबार मृ,त्यु भएको हो । नरेदवीको दाजु शिवकुमार लिम्बू तुम्बा महालक्ष्मी–५ का वडा अध्यक्ष हुन् ।

उच्च रक्तचापका कारण ढलेकी नरदेवीलाई परिवारका सदस्यले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भ,र्ना गरेका थिए । बीपीले आईसीयू खाली नभएको भन्दै विरानगरको न्युरो अस्पताल रेफर गरिदियो । नरदेवीलाई १०२ डिग्री ज्वरो थियो । छोरी लक्ष्मी गुरुङ राईकाअनुसार न्युरोमा पनि चिकित्सकले उपचार गर्न मानेनन् । त्यसपछि विराट नर्सिङ होम लगियो । ज्वरो धेरै रहेको भन्दै कोरोनाको आशं,कमा चिकित्सकले उपचार गर्न नमानेको लक्ष्मीको भनाइ छ । उनकाअनुसार त्यसपछि नोबेल पु¥याइएकोमा उपचारका क्रममा दिउँसो लगभग ३ः३० बजेतिर नरदेवीको मृ,त्यु भयो ।

‘नोबेलका चिकित्सकले डेढ घण्टा जति छिटो ल्याइपु¥याएको भए उपचार सम्भव थियो । तर ढिलो भएकाले बचाउन सकिएन भन्ने जवाफ दिए,’ लक्ष्मीले भनिन् ‘अरु अस्पताल कुदाउँदा कुदाउँदै ढिलो भयो । अरुले उपचार नै गर्न नमानेका कारण हामीले आमालाई गु,मायौं ।’ कोरोना त्रा,सका कारण अस्पताल क्षेत्र पनि आ,क्रान्त बनेका छन् ।

अस्पतालले सामान्य ज्वरो, रुघाखोकी लागेका र जटिल समस्या भएका बिरामीलाई पनि कोरोनाको शं,का गरेर लिन अ,स्वीकार गरिरहेका छन् । जसका कारण सहज रुपमा उपचार नपाएर सर्वसाधारणले अकालमा ज्या,न गुमाउनु पर्ने अवस्था आएको नागरिक अगुवा रामबाबु दाहालको भनाइ छ । यस विषयमा राज्यले समयमै ध्यान दिनु पर्ने उनको भनाइ छ ।

नरदेवीका दाजु समेत रहेका वडा अध्यक्ष शिवकुमारले सर्वसाधारणको उपचार अस्वीकार गर्ने अस्पतालको गैरजिम्मेवारीपना र गम्भीर लापरबाहीका कारण बहिनी गुमाउनु परेको गु,नासो गरे । उनले विश्वभर फैलिएको कोरोना भा,इरस महामा,रीका कारण उपचार गराउनबाट अस्पताल नै पन्छिएपछि समस्या भएको बताए ।

महालक्ष्मी नगरका मेयर पर्शुराम नेपालले बिरामीको आकस्मिक उपचार गराउनु पर्ने अस्पतालले अमानविय व्यवहार देखाएको बताए । सबै बिरामीलाई कोरोना सं,क्रमित देख्ने अस्पतालको नजरले सर्वसाधारण जनताले उपचार नपाएर दुःख पाइरहेको उनले बताए । ‘कोरोना त्रा,सका कारण स्वास्थ्य सम्बन्धी देखिने सामान्यदेखि जटिल समस्याको पनि उपचार नहुने भयो,’ मेयर नेपालले भने, ‘सुविधा सम्पन्न अस्पतालले पनि उपचार नगराउनु गम्भीर ला,परबाही र गल्ती हो ।’

यस्ता अस्पताललाई सरकारले का,रबाहीको दायरामा ल्याउनु पर्ने उनको माग छ । न्युरो अस्पतालका डाइरेक्टर राजेश भट्टराई कुनै पनि बिरामीको उपचार गर्न अस्वीकार नगरिएको दा,बी गर्छन् । ‘भेन्टिलेटर खाली नभएर वा अरु नै केही समस्या भएर बिरामीको उपचार गर्न चिकित्सक असमर्थ भएको हुनु पर्छ,’ उनले भने, ‘यदि कोहीमा कोरोना सं,क्रमण नै रहेछ भने पनि हामी उपचारमा पछि पर्दैनौं ।’ भट्टराईले सबै खाले बिरामीलाई अस्पतालबाट सहज रुपमा उपचार प्रदान गर्ने काम भइरहेको दा,बी गरे ।

विराट नर्सिङका प्रशासन प्रमुख पदम विनाडीले अस्पतालमा कोरोनाको कुनै सु,रक्षात्मक उपाय नभएका कारण बिरामीको उपचार गर्न अस्पतालले अस्वीकार गरेको हुन सक्ने बताए । विनाडीले कोही स्वास्थ्यकर्मीलाई कोरोना सं,क्रमण भएमा सिंगो अस्पताल समस्यामा पर्ने भएकाले उपचारका लागि आउने अरु बिरामी पनि प्रभावित हुने गरेको बताए ।

चिकित्सकहरुले उपचार गराउँदा धेरै जोखिम बहन गरिरहनु परेको गु,नासो गरेका छन् । विश्वभर कोरोना त्रा,स बढिरहेका कारण कोरोनाको लक्षण मिल्ने बिरामीको उपचारमा चिकित्सक ह,च्किनु पर्ने अवस्था रहेको उनीहरुको भनाइ छ । -पूर्वेली न्यूजबाट