यहि वैशाख १४ गते, यस वर्षको अक्षय तृतीया विशेष महत्वपूर्ण

ज्योतिषः केशव गौतम
वैशाख शुक्लतृतीया अक्षय तृतीया हो । त्रेता युग आरम्भ भएको दिनका रूपमा पनि लिईन्छ ।नारदपुराणका अनुसार– वैशाखशुक्लपक्षको तृतीया रोहिणी नक्षत्र सहित भएमा पुण्य पर्व हुन्छ ।

रोहिणी सहित वैशाख शुक्ल तृतीया बुधबार वा सोमबार परेमा अत्यन्त पुण्यजनक र दुर्लभ मानिएको छ । यसप्रकारको तृतीयामा भक्ति पुर्वक पूजाआजा र विशेष बस्तु दान गरेमा पुण्य मिल्दछ ।

हेमाद्रीका अनुसार– वैशाख शुक्ल तृतीया तिथि वा वैशाख महिनाभर गङ्गा स्नान गरेमा सबै प्रकारका पापबाट मुक्त हुन सकिन्छ । अक्षय तृतीयामा साधकले जौद्वारा हवन गर्नु, जौले नै भगवन विष्णुको पूजन गर्नु, ब्राह्मणलाई जौ दान गर्नु कर्ताले सावधान भई जौबाट बनेको सातु भोजन गर्नु भनिएको छ । भविष्यपुराणका अनुसार वैशाख शुक्ल तृतीया अक्षय तृतीयामा जल, घडा, सुन, अन्न, सबै प्रकारका रस, जौ, गहँु, चना, सातु, दही, भोजन, गृष्मऋतुमा चाहिने बस्तु दान गर्दा उत्तम फल प्राप्त हुन्छ ।

भिडियो पुरा हेर्नुहोस्