बहु प्रतिभाका धनी सन्तोषको निर्देशनमा चाईना भन्सार (भिडियो सहित)

काठमाडौं । नेपालको पूर्वमा प्रचलित संस्कृतिमा आधारित एउटा भिडियो सार्वजनिक भएको छ । ओमेगा नेपालको आधिकारिक युट्युव च्यानल मार्फत चाईना भन्सार बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

नेपाली मौलिक गीतहरुको संगीत संयोजनमा सबैको लागी तारिफयोग्य काम गरेका पुराना व्यक्तित्व कुन्दन राई अनि रेमन पुवार मगर, कल्पना राई र बिमला गुरुङको संयुक्त स्वर रहेको यस गीतको शब्द नरेश खड्काले लेखेका हुन् भने डिल्लीराम राईले मौलिक संगीत गरेका हुन् । संगीत संयोजनका अलावा पाथिभरा रेकर्डिङ स्टुडियोमा कुन्दन राईले नै मिक्सिङ गरेको यस गीतको भिडियो भर्खरै सार्वजनिक भएको हो ।

यस गीतको भिडियोमा कुन्दन राई, रेमन पुवार मगर, कल्पना राई, बिमला गुरुङ, हर्क राई, खुसी चाम्लिङ राई, सन्तोष राई (ओमेगा), सुनिता कट्वालर रीचा काफ्ले र नरेश खड्काले अभिनय गरेका छन् । क्यामेराको साथमा ड्रोनबाट समेत सुमन तामाङले छायाँकन गरेको भिडियोको सम्पादन हेमन तामाङ र निर्देशन सन्तोष ओमेगाले गरेका छन् । गीतको भिडियोमा पुर्वका विभिन्न रमणीय दृष्यहरु समावेश गरिएको छ । मौलिक श्रृजनाका पारखीहरुले यस गीतको भिडियोलाई मन पराउँनेमा आफु बिस्वस्त रहेको अपेक्षा निर्देशक सन्तोष राई (ओमेगा)ले बताएका छन् ।

बाँकी भिडियोमा हेर्नुहोला