सामुहिक बसाइ तथा सामुहिक काम गर्ने ठाउँमा सतर्कता अपनाऔं

डा. रवीन्द्र पाण्डे,
कोरोना भाइरस घातकताको हिसाबले कमजोर भएपनि यसको सर्ने गति निकै तीब्र छ | तसर्थ जेल, प्रहरी र सैनिक ब्यारेक / गस्ती / अभ्यास, धार्मिक तथा सांस्कृतिक स्थल, अस्पताल, प्रशिक्षण केन्द्र, बृद्धाश्रम, एबम होस्टेलहरुमा उच्च स्तरको सतर्कता अपनाउन जरुरी छ | यस्तो समुहमा एकजना मात्र संक्रमित भएपनि त्यसले ठूलो संख्यामा धेरै जनालाई संक्रमित बनाउँछ|

विश्व स्वास्थ्य संगठनका अनुसार ५२ देशमा २२,००० स्वास्थ्यकर्मीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् | PPE को अभाव, अबैज्ञानिक तथा गुणस्तरहीन PPE को प्रयोगको कारण सयौं स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने बीसौं हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन् |

त्यस्तै अमेरिका लगायत विश्वका धेरै देशले सैनिक प्रशिक्षण रोकेका छन् भने फ्रान्स, भारत लगायत धेरै देशका सुरक्षाकर्मीमा कोरोना संक्रमण सरेको छ | त्यस्तै अमेरिका, युरोप, इरान लगायतका देशमा कैदीहरु संक्रमित हुन थाले पछि अस्थायी रुपमा जेलबाट बाहिर निकालिएको छ |

त्यस्तै चर्च र मस्जिदबाट बिभिन्न देशमा संक्रमण फैलिएको बताइएको छ | अमेरिका तथा युरोपका धेरै बृद्धाश्रममा कोरोना संक्रमण फैलिएर धेरै जेष्ठ नागरिकको मृत्यु भएको छ |

यी घटनाहरुबाट पाठ सिकेर हामीले सतर्कता अपनाउन जरुरी छ |

(पाण्डे जनस्वास्थ्य विज्ञ हुन् । यो सामाग्रि उनको फेसबूकबाट लिएको हो)