कोरोना संक्रमण हुँदैमा सबैको मृत्यु हुँदैन : डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे,
कोरोना संक्रमणको भन्दा यो संक्रमणको भ्रमले धेरै नागरिक चिन्तित छन् | सहि सुचना नै मानसिक तनाब न्यून गर्ने प्रमुख कारक हो | तसर्थ यी तथ्यलाई आत्मसात गर्यौं भने कोरोना संक्रमणबाट धेरै आत्तिनु जरुरी छैन |

– कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन | कोरोना संक्रमण भएका १०० जना मध्ये ८५ % साधारण लक्षण देखिएर आफै निको हुन्छ | बाँकी १५ % मध्ये आधा बिरामी अस्पतालको आइसोलेसन वार्डमा सामान्य उपचारपछि निको हुन्छन् | बाँकी ७.५ % लाई आइसीयु वा भेन्टिलेटरको आबश्यकता पर्न सक्छ | सघन उपचारपछि ७.५ % मा आधा निको भएर घर फर्किन्छन् | बाँकी ३ % को मात्र मृत्यु हुन्छ | बालबालिका, युवा तथा बयस्कको मृत्युदर नगन्य छ |

– जेष्ठ नागरिक तथा प्रौढहरु जसलाई नियन्त्रण नभएको दीर्घ रोग छ, जोखिमबर्गमा पर्दछन् | जस्तै मुटुको रोग, किड्नीको रोग, टाइप – १ तथा Complication भएको मधुमेह, क्यान्सरको 3rd तथा 4th स्टेजका बिरामी, अंग प्रत्यारोपण गरेका व्यक्ति, कोरोनरी आर्टरी रोग, अनियन्त्रित उच्च रक्तचाप, दीर्घ तथा जटिल स्वाश्प्रश्वासका बिरामी तथा इम्युनोकम्प्रोमाइजड बिरामी जोखिममा पर्छन | जोखिम बर्गका व्यक्तिलाई बिशेष ख्याल गर्नुपर्दछ | बाहिरी वातावरणबाट बचाउनुपर्दछ |

– सेल्फ क्वारेन्टाइन, होम क्वारेन्टाइन, परिक्षण, आइसोलेसन, घरको खाना, बातावरणमा घटेको प्रदुषण, हात धोइरहने बानी तथा अन्य सुरक्षित उपायको कारण कोरोना संक्रमणबाट सिकिस्त हुनेको संख्या २० % बाट घटेर ३ % मा पुगेको छ | अस्पताल जानुपर्ने बिरामीको रेसियो घटेको छ | नयाँ संक्रमित घट्दै गएका छन् |

– सहरमा बस्ने नागरिकमा कोरोना संक्रमणको भन्दा बेरोजगारी, भोकमरी तथा परिवार पाल्ने चिन्ता बढेको छ | मध्यमबर्गका नागरिकको आय / व्ययको सन्तुलन बिग्रेर चिन्तित छन् भने धनी व्यक्तिहरु आफ्नो ब्यबसाय धरासायी भएकोमा चिन्तित छन् | अर्थात हरेक बर्ग चिन्तामा छन् | त्यो चिन्ता पनि समयले निको गर्नेछ | जब कोरोना संक्रमण नियन्त्रणमा आउनेछ, क्रमसः आर्थिक गतिबिधि बढ्नेछन् |

– कोरोना संक्रमणले कृषि पेशालाई सबैभन्दा महत्वपूर्ण पेशा बनाएको छ, बनाउनेछ | जसले आफै उत्पादन गर्छ, उ नै धनी र सम्मानित बन्नेछ | बाँझो जमिनमा मोतिका दाना फल्नेछन् | कृषि तथा पशापंक्षी पालन गर्ने तथा त्यसलाई बजारीकरण गर्ने नयाँ बर्गको उदय हुनेछ | हरेक देश आत्मनिर्भरको गोरेटोमा हिड्नेछन् |

– विश्वव्यापी रुपमा कोरोना संक्रमण बिरुद्धको खोप मान्छेमा परिक्षण गर्ने चरणमा छ | अनुसन्धानले दावी गरेका छन् कि सयौं प्रयोगशालाले छिट्टै खोप प्रमाणित गर्नेछन | खोप आएपछि कोरोना भाइरस हामीबाट इतिहास बन्नेछ | त्यस्तै अहिले संक्रमणको चपेटामा परेका देशहरुले कोरोनाका बिरामीलाई इबोला, एचाइभी \एडस्, मलेरिया तथा जापानी इन्फ्लुएन्जाको औषधि चलाएका छन् | यो उपचारबाट लाखौँ संक्रमित निको भएर घर फर्किएका छन् |

– भारतको MAX लगायतका अस्पतालले प्लाज्मा थेरापीबाट कोभिड-१९ का गम्भीर बिरामीलाई निको गरिरहेका छन् | प्लाज्मा थेरापी संसारभर प्रयोग गरिएको बिधि हो | यो थेरापी नेपालका अस्पतालहरुमा पनि गर्न सकिन्छ | यो सस्तो तथा प्रभाबकारी छ |

– घरमा बस्ने, सरसफाइको ख्याल गर्ने, हल्का व्यायाम गर्ने, योग तथा ध्यान गर्ने, चिन्ता र तनाब नलिने व्यक्तिलाई कोरोना संक्रमणको जोखिम नगन्य हुन्छ |
– नेपालमा हालसम्म ४५ जना व्यक्तिमा मात्र कोरोना संक्रमण देखिएकोमा ७ जना निको भएर घर फर्किएका छन् | अरु संक्रमितको अवस्था सामान्य छ | कसैलाई पनि आइसीयु / भेन्टिलेटरमा राख्नुपरेको छैन | ती मध्ये आधिभन्दा धेरै भारतीय हुन् |

(पाण्डे जनस्वास्थ्य विज्ञ हुन् । यो सामाग्रि उनको फेसबूकबाट लिएको हो)