साउदीको सडकमा अलपत्र नेपालीको सरुको पहलमा उद्दार

काठमाडौ , कोरोना भाइरसको त्रासले लकडाउन पछि साउदी अरबमा सेर बहादुर कडरा सडकमा बाँस बस्न बाध्य भएका थिय । सुदुरपस्चिम कैलाली अत्तरिया लालपुर घर भएका सेर बहादुर दस महिना अगाडि वैदेशिक रोजगारको शिलशिलामा अल अटलास ट्रान्सपोट कम्पनीमा आएका थिए । कम्पनीमा ड्राइभरकाममा आएका सेरबहादुरलाइ कम्पनीले भनेको तलब र काम नदिए पछि फेरि अर्को कम्पनीमा काममा लागे टिपर चलाउदा फेरि उनलाई न पैसा न उल्टा टिपर बिगारेको भनी पैसा तिराउन थाले र केही समुहले उनलाई ज्यान मार्ने सम्मको धम्की र व्यबहार गरे पछि ज्यान बचाउन भागे ।

त्यही समयमा कोरोना भाइरसको त्रासले साउदिमा लकडाउन भयो । लकडाउन र कोरोना सक्रमणको डरले उनलाई नेपालीले समेत सहयोग गरेनन् । दुई दिन बसे पनि फेरी रुममा बस्न नदिएको गुनासो पोखेका थिय र बिगत तीन दिन देखि साउदी अरबको रियाद १७ नम्बर बल्दिया गोबाडी नजिकको पेट्रोल पम्पमा केही नेपालीले दिएको बिस्कुट पानी खाएर रात बिताएका सेर बहादुर को अहिले उद्दार भएको छ ।

महिला दलित अधिकार कर्मी सरु सुनार को सहयोग मा साउदीमा बिचल्ली परेका नेपालीको उद्दार भएको छ । साउदीमा रहेको नेपाली दूतावासले राख्ने ठाउँ नभएको भन्दै साउदी प्रहरीलाई जिम्मा लगायो र साउदी प्रहरीले पुन दूतावास मा नै जानू भनी राख्न मानेन फेरि दूतावास लाई दबाब पछि दूतावासले जिम्मा लिएको छ।

आज अप्रिल २२ गते दूतावासले रियादमा आबद्ध संघ संस्थाले नै यो समय सहयोग गरिदिन अपिल गर्दा सुदुरपश्चिमेली नेपाली समाजले आफुले सहयोग गर्ने बताउदै पहल चालेको थियो साथमा खाद्यान्नको तर्फबाट गैर आवासीय नेपाली संघले सहयोगले गरेको बताउँनु भएको छ ।

हाल कडारा गैर आवासीय संघ (एन आर एन) लगायत दलित एकता संजाल साउदी ले खान र बस्नको व्यावस्था मिलाएको ठाउँमा बस्दै आउनु भएको सरु सुनार ले हामीलाई जानकारी गराउनु भयो ।

हेर्नुहोस लाइव भिडियो बिश्वभरिको कोरोना अपडेट (सरु सुनारको साथमा बेलायतबाट) :