मातातिर्थ औंसीको अवसरमा रामकृष्ण ढकालको स्वरमा “आमा”(भिडियो सहित)

काठमाडौँ : मातातिर्थ औंसीको अवसर पारेर सम्पूर्ण आमाहरुको लागि समर्पित गरिएको गित “आमा” फेरि पनि चर्चामा रहेको छ । अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द रहेको आमामा लोकप्रिय गायक रामकृष्ण ढकालले सुमधुर आवाज भरेका छन् । दर्जनौ चर्चित गीतहरुमा शब्द कोरेर चर्चित तथा बरिष्ट गीतकारको रुपमा आफुलाई स्थापित गर्न गुरुङ सफल गीतकार, सर्जक, साहित्यकार तथा समाजसेवीको रुपमा समेत परिचित छिन ।

लोकप्रिय गायक राम कृष्ण ढकालको सुमधुर आवाज रहेको यस गीतमा संगीतकार प्रकाश लेप्चाको संगीत रहेको छ । दिपेन्द्र थपलियाले छायांकन गरेको यस म्युजिक भिडियोलाइ समन अधिकारीले निर्देशन गरेका हुन् भने भिडियोमा रश्मि भट्ट, सुप्रिया कटुवाल, नरेन र बसुलाइ फिचर्ड गरिएको छ । भिडियो हेर्नुहोस :