नेपाली बीच कोरोनाको अवस्था:

राम कुमार श्रेष्ठ अस्ट्रेलिया ,
विस्वभरी छरिएर नेपालीहरुका बीच कोरोना भाइरस कोभिड–१९० बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या २८ पुगेको छ: बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा २ र आयरल्याण्डमा १ जना ।

शनिबार साँझसम्म विस्वभरका २१ देशमा करीव १,१६६ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । संक्रमित हुने विदेशमा बसेका नेपालीमा अमेरिकामा करीब ७ सय, बेलायतमा २ सय, संयुक्त युएईमा ७१, बहराइनमा ४९, आयरल्याण्ड र पोर्तुगलमा २२–२२, कुवेतमा २१, अष्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा ५, जर्मनी, बेल्जियम र साउदी अरबमा चार चार, क्यानडा र मलेसियामा तीन तीन, माल्टामा दुई तथा फ्रान्स, जापान, म्यान्मार र हंकंमा एकएक जना छन । वेलायत निवासी गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष एबं समाजसेवी अत्यन्तै शालिन ब्यक्तित्वका धनी आत्मिय मित्र कुल आचार्यमा पनि कोरोनाका केही लक्षणहरु देखा परेर आइसोलेसनमा रहेर स्वास्थ्य लाभको क्रममा हुनुहुन्छ । र, अहिले उहा स्वास्थ्य लाभको क्रममा हुनुहुन्छ ।

नेपालमा भने १९ हजार ५५४ जनामा परीक्षण गरिएकामा ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने दुई जना कोरोनामुक्त भई घर फर्किसकेका छन् ।

यो संकटको घडीमा कोरोनासंग लडिरहनु भएका सबैमा शिघ्र स्वास्थ्य लाभ र, दिवंगत आत्माहरुको चीर शान्तिको कामना!!!

विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक र कूटनीतिक नियोग, राष्ट्रिय समन्वय परिषदहरु तथा स्थानिय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर गैरआवासीय नेपाली संघले यो आँकडा तयार पारेको हो जस्का लागि स्वास्थ्य उपसमितिले संयोजनकारी भूमिका निर्बाह गरेको छ । विदेशमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको परिवारको सहयोगार्थ एनआरएनले आफ्ना राष्ट्रिय समन्वय परिषदहरुलाई परिचालन गरेको छ ।

पुरै विस्व समस्याग्रस्त भैराखेको अवस्थामा सबैले आफ्नै नागरिकलाई नै पहिलो प्राथमिकता दिने भएकोले घर फर्किन चाहने नागरिकलाई जसरी विस्वले स्वदेश फर्काइ क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिरहेको छ त्यसरी नै दूताबास, गैरआवासीय नेपाली संघ, स्थानिय संघसंस्थासंग राम्रो समन्वय गरी बिभिन्न देशका मुख्य मुख्य शहरबाट नागरिकलाई पिकअप गर्ने ब्यबस्था मिलाएर नेपाल फर्काइ नेपालमा क्वारेन्टाइनको व्यवस्था गरेर १४ दिनपछि घर फर्काउने पहल गर्न पनि सरकारसंग अनुरोध गर्दछु । म नेपाल सरकार र सम्बन्धित संघसंस्थाको ध्यान आकर्षण गराउन चाहन्छु ।