उदिपको बारेमा आँचललाई सबै थाहा छ, त्यसो भए फिलिपिन्सको प्रेमीका र बच्चाका बिषय के हो

भर्खरै विवाह बन्धनमा बाँधिएका अभिनेत्री आँचल शर्मा र उदिप श्रेष्ठको हिजो आज धेरै गसिप हुने गरेको छ । उनीहरुको विवाहमा देखिएको तडक भडक देखि पुर्व प्रेमिकाको बारेमा हिजो आज निक्कै चर्चा भईरहेको छ ।

करिब एक वर्षको प्रेम सम्बन्धलाई उनीहरुले केहि साता अगाडी मात्र विवाहमा परिणत गरेका हुन् । निक्कै हुने खाने परिवारका यी दुवैले आफ्नो विवाहमा राम्रै खर्च गरेका थिए । स्टार होटेलमा रिसिप्सन देखि हेलीकप्टरमा गरिएको सवारीले फिल्मी नगरीमा एउटा तहल्का नै मच्चायो ।

यी दुइजना नया जीवन सुरु गर्दै गर्दा अर्को गसिपले पनि बजार तातिएको छ । हुनत उदिप श्रेष्ठले स्वीकारी सकेका छन । उनको पुर्व प्रेमिकाको बारेमा बोलिसकेका छन । उनको पहिलो प्रेमिका भने फिलिपिनी हुन् । दोस्रो प्रेमिका भने नेपाल कै हुन् । ति नेपाली प्रेमिका अरु कोहि नभएर नेपाल कै चर्चित भलिवल खेलाडी तथा नायिका सिपोरा गुरुङ्ग हुन् ।

उदिप श्रेष्ठले सार्बजनिक रुपमै नाम नलिएपनि सिपोरा गुरुङ्गले भने यस अघि नै नेसनल टेलिभिजनमा यो कुरा सार्बजनिक गरेकी थिइन । उनले आफ्नो प्रेमी उदिप श्रेष्ठ मात्र भनेका छैनन् पहिलो र अन्तिम प्रेमी पनि उनि नै हुन् भनेकी छन ।