गैरआवासीय नेपाली संघका कारण नेपाली नियोगहरु ओझेलमा, एनआरएनएको औचित्य सकियो

– सन्तोषजङ्ग मल्ल

संसार यतिबेला कोरोनाका कारण आक्रान्त छ । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण केही मुलुकमा रहेका नेपालीहरु पनि जोखिममा परेका छन् । दैनिकीसमेत कष्टकर बन्दै गएको छ । नेपालमा लकडाउनले घरभित्र बसेका परिवार समेत विदेशमा रहेका आफन्तको बारेमा चिन्तित छन् ।

उता पछिल्लो दिनमा विदेशमा रहेका ७० प्रतिशतभन्दा बढी नेपालीले स्वदेश फर्किने खोजेको भनेर गैरआवासीय नेपाली संघ (एनआरएनए) भन्ने समुहले अफवाह फैलाउने गरेका छन्। एनआरएनए समुहले सञ्चालन गरेको हेल्पलाइनमा फोन गर्नेमध्येका ७७ प्रतिशतले नेपाल फर्किन चाहेको भनेर अफवाह फैलाउदा विश्वभर बसिरहेका नेपालीहरु आश्चर्य पर्नुका साथै झनै त्रसित भएका छन् । ७० % भनेको ठुलो संख्या हो । कुन आधारमा त्यतिका धेरै नेपाल फर्कन चाहेका छन् भन्ने यो समुहले आधिकारीक आकडा नदिनुका साथै कयौ झुट भ्रामक सुचना दिदा नेपालमा बस्ने परिवारलाई समेत चिन्तित बनाएको छ ।

एनआरएनए समुहले भने जस्तो कुनै पनि देशबाट नेपाली फर्किन चाहेको भन्ने होइेन् । अहिलेको अवस्थामा नेपाल गएपनि जोखिम नै छ । युरोप, अमेरिका, जापान, कोरिया, अष्ट्रेलिया, खाडी लगायतका देशमा रहेका नेपालीहरु त्रासमा छन्, केहीले अवस्था भयानक भन्दै फर्कन खोजेका छन्, तर अनुमानित १० प्रतिशत बाहेक अरु नेपालीको नेपाल नै फर्कने नै गरी सामान्यता कुनै समस्या देखिएको छैन् । जापान, युके, अष्ट्रेलियाका केही विधार्थीहरुले आफ्नो घरभाडा लगायत अन्य अत्यावश्यक राहत दिन माग गरेका देखिन्छन् । उनिहरु नेपाल फर्कने पक्षमा होईनन् । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोरोना भाइरसका कारण अत्यन्तै समस्या परेका अन्तर्राष्ट्रिय विद्यार्थी तथा पर्यटकले आफ्नो देश फर्कन सक्ने बताएका थिए । जसमा आफ्नो देश फर्किएको खण्डमा आफूले चाहेको सहयोग पाउने पनि बताएका थिए । तर पनि फर्किन चाहेका सानो संख्या अनुमानित ४०, ५० जना बाहेक अष्ट्रेलियामा रहेका अन्य विधार्थीले नेपाल फर्कन नभई राहत, सहयोग मागेका देखिन्छन् ।

यस्तै भारत बाहेक खाडी मुलुकहरुमा कोरोना भाईरसको प्रभाव तिव्र बन्दै त्रास छाएको छ । कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई वेवास्ता गर्ने केही नेपाली कामदारलाई कतारले देश निकाला गरेको थियो । जसको एम्नेस्टी इन्टरनेशनलले ध्यानाकर्षण भएको जनाएको छ । खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइन र सामूहिक क्वरेन्टाइनमा राखेको छ । कामदार क्वारेन्टाइनबाट सीधै काम गर्ने स्थानमा जान पाउँछन् । तर बाहिर जान पाइँदैन । संक्रमण बढ्दै गएपछि सतर्कता अपनाउन खाडी मुलुकहरुले प्रवेश रोक लगाएका छन् ।

खाडीमा केही रोजगार कम्पनीले नेपाली श्रमिकहरुलाई तलब, काम, बस्न नदिने धम्की दिने गरेका समाचार आएता पनि त्यो भन्दा बढी भारतीय, पाकिस्तानी, बाङ्लादेशका नागरिकको अवस्था झन गम्भिर देखिन्छ तर पनि ति देशहरुले आफ्ना नियोग मार्फत राहत लगायतका सहयोग पुराएका छन् । यथार्थमा खाडीका समस्यामा परेका नेपालीहरु पनि अत्यावश्यक राहत सहयोग माग गरेका छन् । तर नेपाल सरकारले त्यो गरेको देखिदैन । त्यो माथि त्यहाँका करौडौ रुपैया चन्दा संकलन गरेर बसेका एनआरएनए समुहले अहिलेसम्म राहत दिनका कुरा त परको कुरा हो, उल्टै नेपालमा स्वास्थ्य सामग्री पठाउन भनी पैसा सहयोग माग्दै हिंडेका छन् ।

अर्को कुरा गैरआवासीय नेपाली समुहले आपतकालिन राहत कोषमा चैत्र १७ सम्म २ करोड आर्थिक संकलन गरेको बताएको थियो, अहिले पनि निरन्तर चन्दा उठाएकै छ । एनआरएनए समुहका नाममा अमेरिका देखि खाडीसम्म विश्वभर लुकी-छिपी कति पैसा उठाएका छन् त्यो हिसाब नै छैन् ।

अमेरिका देखि खाडीसम्म बस्ने नेपालीले सामाजिक संजालमा होस् कि नेपालली टि.भी च्यानलहरुमा होस् केही नेपालीले भयानक भनेर अफवाह फैलाएका छन् । तर उनिहरुले भने भन्दा फरक छ । विश्व समुदाय यतिबेला कोरोनासँग लडिरहेको बेला कोही पनि आप्रवासीहरुलाई भेदभाव परेको भन्ने देखिदैन। सबै देशका कोरोना संक्रमित भएका नेपालीहरुलाई सबै सुविधा सहित आइसोलेसनमा उपचार भइरहेको देखिन्छ । खाडी, अमेरिका लगायतका देशबाट केही नेपालीहरुले सामान्य ज्वरो, रुघा-खोकी लाग्दा पनि कोरोनाका नै लक्षण हुन् कि भनेर त्रसित हुनुका साथै नेपालका टि.भीमा लाईभ दिन्छन्। उनिहरुले त्यहाँको नजिक स्वास्थ्य चौकी, अस्पातल, सम्बन्धित निकायलाई जानकारी गराउन चाहदैनन् । अर्को तर्फ पछिल्लो समय लगभग सबै देशहरुले कोरोना स्वास्थ्य जांच वेबसाइट, ऐप्स निर्माण गरेका छन् । त्यहाँबाट पनि आप्रवासीले आफ्नो स्वास्थ्य विवरण पठाउन सक्छन् । सोको आधारमा कोरोनाको संक्रमण लक्षण मिले तुरुन्त स्थानिय स्वास्थ्यकर्मी आएर लैजाने गरेको देखिन्छ । विश्वमा कोरोना विरुद्दको लडाईं आप्रवासीलाई कही कतै मतभेद गरेको देखिदैन् । नेपाली रहेका सबै देशमा कर्फ्यू, लकडाउन गरिएको छ । यो भनेकै आफू जहाँ छौँ त्यहाँ सुरक्षित भएर बस्ने हो । र ति देशहरुमा रहेका नेपाली राजदूतावासले आफ्ना नागरिकको दैनिक अवस्था बुझ्नु पर्छ, सङ्क्रमणबाट बच्न उच्च सावधानी र सतर्कता अपनाउन आग्रह गर्ने र सक्दो राहतको लागि पहल गर्न सक्न्नुपर्छ । आफ्ना नागरिकको स्वास्थ्य समस्या परेमा राजदूतावासले सम्बन्धित देशको स्थानिय सरकारलाई अबगत, जानकारी गराई स्वास्थ्य जाँच गराइदिन पहल गर्न सक्न्नुपर्छ । सरकारी निकायको पहल प्रभावकारी र सबैलाई समट्ने हुन्छ । त्यो भन्दा पनि विदेशमा रहेका नेपाली नियोगलाई ओझेलमा पारेको र नेपालीबासीले भगवान जस्तै पुज्दै आएको एनआरएनए लुटेराहरुको समुहबाट राहत, सहयोग, मद्द्त न अहिले न पहिला के पाए थिए । यथार्थमा कोठा भित्र बसेर यो-त्यो देशको एनआरएनए अध्यक्ष, सदस्य हु भनी लुट्ने, अफवाह फैलाउने समुहले १,२ जनालाई सहयोग गरेजस्तो गरेर मिडियाबाजी गरेका मात्र छन्, यि समुहले कहिले पनि नेपालीलाई सहयोग गरेका छैनन् र गर्ने पनि छैनन् ।

अचम्मको कुरा त एनआरएनएले संसार नै चलाएर बसेको जस्तो भ्रममा परेका हाम्रा परराष्ट्रमन्त्रीले उक्त समुहको व्यापारी अध्यक्षलाई विश्वभरका नेपालीको अवस्था बुझ्ने र सहयोग मागेको देख्दा नेपालको परराष्ट्र निती कस्तो छ भन्ने प्रष्ट्र हुन्छ । आफ्नो देशमा केही गर्न नसकेर विदेशमा कमाउनका लागि बसेका र केही व्यवसाय गरेर फेरी नेपालमा लगानी गर्ने भन्दै लुट्ने समुहले बनेको यो एनआरएनएसँग सहयोग माग्नु, विदेशमा रहेका नेपालीको अवस्था बुझ्नु भनेको सार्है दयनिय अवस्था हो । विश्वमा सबै देशले आफ्ना राजदुताबास मार्फत नागरिकको अवस्था बुझ्ने, सहयोग- राहत पुराउने गर्छन् । तर सरकारले आफ्ना राजदुताबाससँग यो गरेको देखिदैन् । नेपाली राजदुताबासले आफ्ना नागरिकको अवस्था, विवरण जानकारी लिएर राख्नुपर्छ, बुझ्नुपर्छ । तर एनआरएनए समुहको आवश्यक नै छैन् र राजदुताबासबाट यस्ता समुहको नाममा कुनै गतिविधी गर्न दिनु हुँदैन् । यथार्थमा एनआरएनएका गतिविधीले कारण नेपालका विदेश स्थित नियोगहरुका काम, कार्य ओझेलमा परेका छन् । फेरिपनि भन्दा नेपालका विदेश स्थित सबै दुताबास एनआरएनए समुहको ओझेलमा पर्दै आएका छन् । जस्तो कि सरकारदेखि नेपाली मिडियाहरुले कुनै देशको घटना, समाचार लेख्न परे एनआरएनएलाई आधार बनाएर लेख्छन् । अधिकारिक निकाय दुताबास हुँदा-हुँदै एनआरएनए समुहलाई आधार बनाएर लेख्नु कति विश्वासिलो हुन्छ ।

एनआरएनए समुहले विपत्तीको बेलामा जहिले पनि “चाहे त्यो भुकम्पको बेला होस्” वा “कोरोना लकडाउनको समय”, अहिले नेपाल सरकारलाई १ अर्बको अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने भनी भ्रम छर्दै हिंडेका छन् । यतार्थमा एनआरएनए समुहले नेपाललाई १ करोडका सामाग्री सहयोग गर्नु भनेको १ अर्ब लुटनलाई हो। यिनिहरुले सहयोगको नाटकमा आफ्नो व्यापार, ठेक्का – पट्टा नेपालमा विस्तार गर्न खोजेका हुन् ।

नेपाल सरकारको राहत कोष, विश्वभर रहेका नेपाली राजदूतावास मार्फत चाहेको नेपालीले सहयोग गर्न सक्ने अवस्था हुँदा-हुँदै यो एनआरएनए समुहले संसारभर विभिन्न पेसा गरेर बसेका नेपालीलाई कोरोना आपतकालिन राहत कोषका नाममा घर – घर गएर हैरान परेका छन् । सबै खालका व्यवसाय गरेर बसेका नेपाली व्यवसायीहरुलाई यो समुहले गैरआवासीय नेपाली संघको नाममा ठुलो रकम वर्षौ देखि असुल्दै आएका छन् ।

यस्तै पछिल्लो समय कोरियाबाट नेपालीहरुले आर्थिक संकलन गरी किनेर पठाएका ४ हजार थान कोरोना परीक्षण किट लगायतका स्वास्थ्य सामग्री अन्त्यमा आएर एनआरएनए कोरियाले सहयोग गरेको भनेर भ्रम फैलाउदै हिंडे, वास्तवमा त्यहाँ रहेका नेपालीहरुले एक आपसमा मिलेर पठाएका थिए । एनआरएनए कोरिया समुहले चलाखी गरेर “कोरियाका नेपाली” भन्नु पर्नेमा एनआरएनए कोरियाले सहयोग गरेको भनेर आफुहरुले क्रेडिट पाए ।

कोरियाको मात्र होइेन्, सरकारले चीनबाट ल्याउन खोजेको विवादास्पद स्वास्थ्य सामग्री खरिद प्रकरणपछि एनआरएनए समुहका व्यक्तिहरुले निशुल्क करोडौका सामग्री दिन्छौ भन्दै अफाह नफैलाएका होइेनन् । यिनी एनआरएनए समुहले नेपालको भलो हुने काम कहिले गरेका पनि छैनन् र गर्ने पनि छैनन् । तसर्थ अफवाह फैलाउने गैरआवासीय नेपाली संघ एनआरएनएको औचित्य सकिएको छ । विश्वभर एनआरएनए भन्ने आए कसैलाई सहयोग गर्नुहुदैन । एनआरएनएका कुनै पनि कार्यक्रम, गतिविधीमा लाग्न हुँदैन, आर्थिक सहयोग गर्नुहुदैन, सामान्य विदेसिएका नेपालीलाई समावेश गराई एनआरएनएको बिल्ला झुन्डाएर नेपाललाई लुट्ने समुहलाई अहिले देखि पूर्ण रुपमा बन्देज लगाउनु पर्छ । विश्वभरका नेपालीले आफ्नो नेपाली दुताबासले आयोजना गरेका कार्यक्रम, गतिविधीमा सहभागीता र सहयोग गर्नुपर्छ । त्यो माथि एनआरएनएको नाममा नेपालका राजनीतिक दलहरुले कमाउने, लुट्ने गतिविधी गरेका छन् । अहिले एनआरएनएको लुटेर समुहमा राजनीतिक दलहरु समावेश छन् ।

यस कारण एनआरएनए बन्द होस्

कोरोना भाईरस र लकडाउनको अवस्थामा पुन: गैरआवासीय नेपाली संघ (एनआरएनए) को बारेमा यथार्थ बुझौ । एनआरएनएको बारेमा पछिल्ला वर्षमा ठुलै चर्चा हुँदै आएको छ । एनआरएनए भनेपछि नेपाली समाजमा संसार नै चलाएर बसेको ठुलो संस्था जस्तो भ्रम परेको देखिन्छ । हुन पनि डलर, युरो, पाउण्ड, जापानी येन कमाउने देशमा बस्ने नेपालीको संस्था एनआरएनए भनेपछि सानोतिनो भनेर सोच्ने कुरै भएन् ।

एनआरएनएको व्याख्या गर्नु अगाडी खाडी बाहेकका नेपाली बस्ने युरोप, अमेरिका, जापान लगायतका धनी सम्पन्न देशका कुरा गरौ । नेपालमा राजनीतिक परिवर्तनसँगै पछिल्लो वर्षमा विदेशिने नेपालीको संख्या दिन प्रतिदिन बढेको छ । दक्षिण कोरिया, मलेसिया, खाडी लगायतका मुलुकहरुमा वैदशिक रोजगारीको सिलसिलामा आएका नेपालीहरुले दु:ख, अपहेलना पाएका घटना त छदैछ त्यो भन्दा ठुलो अपहेलना, अपमान युरोप, अमेरिका, अष्ट्रेलिया, जापान जस्ता बिकासित भन्ने देशहरुमा नेपालीहरु माथि हुँदै आएको छ । बिकासित भन्ने देशहरुका नागरिकहरुले नेपालीहरुलाई सामाजिक रुपमा अपमान, बहिस्कार गरेका छन् । पछिल्लो १२, १५ वर्ष यता विश्वभर आप्रवासीहरुलाई हेर्ने नजर बदलिएको छ । पहिला – पहिला नेपाल, नेपाली भनेपछि ति देशका नागरिकले धेरै जिज्ञासा राख्थे, भेट्दा खुशी हुन्थे तर अहिले त्यस्तो छैन् । त्यो अमेरिका होस् या युरोप । अमेरिका, युरोपका नागरिकहरुले आप्रवासीहरुलाई कुनै तहबाट पनि मन पराउदैन । चाहे त्यो कुनै कार्यालयमा कागजात बनाउन जाँदा होस्, सोपिङ महल, व्यापार, जागिर गर्ने सिलसिलामा होस् आप्रवासीहरुले मानसिक रुपमा त्यहाँका नागरिकका अगाडि अपमान सहेर बस्न वाध्य छन् । ति देशका नागरिकमा गरिव देशबाट आएर हाम्रो देशमा आएर ठुलो हुन्छस्, हाम्रो रोजीरोटी, व्यवसाय, सुविधा खोसेर बसेको त छस्, होस् भन्ने जस्ता नकरात्मक सोच पलाएको देखिन्छ । त्यो अपमान ति देशमा बस्ने सबै नेपालीहरुले महसुस गरेका छन् । नेपालमा भन्दा सम्मान, सुरक्षा, कामको इज्जत हुन्छ भनी ठुला-ठुला कुरा गफ दिने नेपालीहरु चाहे त्यो करौडौ, अबौ डलरको व्यवसाय, ग्रोसरी सप, रेस्टुरेन्ट व्यवसाय, पिएडी- प्रोफेसर, पत्रकार, कलाकारहरु किन नहोस् ति देशको समाज वा नागरिकको अगाडि तुच्छ, अपमानित भएर बसेका छन् । उनिहरुलाई ति देशको कानुनले बस्न तथा काम गर्ने अनुमती, व्यवसाय-लगानी गर्ने, घर- सम्पत्ति किन्ने जस्ता पक्षमा बराबर अधिकार दिएपनि त्यहाँका समाज ,नागरिकको नजरमा तुच्छ, अलग, अपमानित भएर बसेका नै छन् ।

यतार्थमा भन्दा सामाजिक रुपमा अपमानित भएर युरोप अमेरिकामा रेस्टुरेन्ट व्यवसाय गर्नेको भन्दा नेपालमा ठेला व्यवसाय गर्नेको ईज्जत छ । पिएडी-प्रोफेसर जागिर गर्ने भन्दा नेपालमा प्रावी विधालयका शिक्षकको ईज्जत छ । डिभी परेर गएका बिचराहरुको भन्दा खोलामा गिट्टी, बालुवामा काम गर्नेको ईज्जत छ । यसको मतलब अरुको देशमा गएर त्यहाँका नागरिकका नजरमा अपमानित भएर बस्नु भन्दा आफ्नै देशमा ठेला व्यवसाय, प्रावी विधालयका शिक्षक, गिट्टी, बालुवामा काम गर्न ठीक हुन्छ ।

टेक्नोलोजीको शताब्दीमा विश्वका बिकासित भन्ने मुलुकका नागरिकहरु आफ्नै देशमा आत्मनिर्वर भएर बसेका बेला नेपालीहरु भने ति देशमा डिभी परेर, रोजगारी, घुम्न-पढन् भन्दै उतै लुकेर बस्ने, नागरिता नै त्याग गरी बस्ने ईत्यादी गरेको देखिन्छ । हामी नेपालीलाई सबै जिन्दगी, पैसा, दुनियाँ ति स्वर्ग भनिने देशमा छ भन्नेगलत सोचाई छ । जिन्दगीको विकल्प भनेको विदेश नै हो भन्ने वातारण गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बनाइदिएको छ । एनआरएनए जस्ता संघ- संगठन हुनु भनेको नेपाल सदा विदेशीको भरमा चल्नु हो । नेपाल, नेपालीलाई आत्मनिर्भर हुन नदिनु हो । नेपालीलाई आत्मनिर्भर बनाउने, आफ्नै देशमा रोजगारको वातावरण बनाउने हो भने वैदेशिक रोजगार विभाग र एनआरएनएलाई तुरुन्त खारेज गर्नुपर्छ । वैदेशिक रोजगार विभाग राखेर सरकारले आफ्नै जनता बेच्ने काम गरेको, आफ्नै युवा शक्ति, श्रमलाई बाहिर बेचेको छ । त्यो माथि एनआरएनएको नाममा खाडी, युरोप अमेरिकामा दु:ख पाएर श्रम गरेका, सानोतिनो व्यवसाय गरेर बसेका नेपालीबाट चन्दा उठाई लुट्ने काम गरिरहेका छन् । यो नेपालीलाई लुट्न बनाएको एनआरएनएले कहिले पनि नेपालको हितमा काम गर्दैनन् । एनआरएनए, वैदेशिक रोजगार विभाग बन्द नहुन्झेल नेपाली र नेपालको अवस्था गरिव रहन्छ । अबको बिकास भनेको एनआरएनए, वैदेशिक रोजगार विभाग बन्द गरी विदेशमा बसेका नेपालीलाई स्वदेशमा फिर्ता गर्ने, शिक्षा, स्वास्थ्य निःशुल्क गरी स्वदेशमा रोजगारीको व्यवस्था गर्ने हो । २ दर्शक अगाडि भारत बाहेक वैदेशिक रोजगार, युरोप अमेरिका जानेको संख्या कम थियो । त्यो बेला नेपालमा कृषि, खाद्यान्न, फलफुल लगायतका अतिवाश्यक सामानको आयत कम थियो। जनघनत्व उस्तै थियो । गाउँका जग्गा बाँझो थिएनन् । एक परिवारले वर्षभरीको उत्पादन आँफै गर्ने गर्थे । विदेशमा बसेका नेपालीलाई स्वदेशमा फिर्ता गरेर गाउँका उत्पादनयोग्य जमिनलाई सदुपयोग गर्न सकिन्छ । हामी नेपालीललाई आफ्नै जामिनमा सदुपयोग गरी खान, बस्न लागि पुगेता पनि विरामी पर्दा उपचारको लागि पैसा खर्च अवस्था छैन् । तसर्थ सरकारले सम्पूर्ण नेपालीको शत प्रतिशत स्वास्थ्यको जिम्मा ल्याउनु पर्छ । मात्र हामी नेपालीलाई सम्पूर्ण नि:शुल्क स्वास्थ्य उपचार सेवा होस् । नेपालीलाई खाडीमा जान वाध्य परेको प्रमुख एक कारण नि:शुल्क स्वास्थ्य सेवा नहुनु हो । सम्पूर्ण उपचार नि:शुल्क भएमा आफ्नै गाउँ- ठाउँमा बसेर उत्पादनयोग्य जमिनलाई सदुपयोग गर्न सक्न्नुका साथै वर्षभरीको लागि आँफै उत्पादन गरेमा बाहिरी देशको निर्भर हुनुपर्ने छैन् ।

अचम्मको कुरा त के भने गैर आवासीय भारतीय (NRI) को देखासिको गरी सन् २००३ मा स्थापना गरेको एनआरएनएले कृषि, पर्यटन, स्वास्थ्य, पूर्वाधार र जलविद्युत क्षेत्रमा अहिलेसम्म जती गफ दिएपनि केही गरेको छैन् । एनआरएनएका पुर्व अध्यक्ष उपेन्द्र महतो, भवन भट्ट, शेष घले, पन्त- सन्त होस् कि चाहे कुनै पनि देशको एनआरएनए अध्यक्ष, सदस्य होस् सबै नेपाल कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र जलविद्युत क्षेत्र लगानी वा व्यापारको नाममा लुटन् गतिविधी मात्र गरेका छन् । एनआरएनए लगानीको नाममा नेपालमा पस्नु भनेको नेपाललाई लुटन् हो । काठमाडौंमा गत वर्ष सम्पन्न सम्मेलनमा रात्रीभोजदेखि अन्य खर्चसम्म नेपाल सरकारसँग चन्दा मागेका थिए । देशलाई केही दिने भनेर स्थापित संस्था नेपाली जनताको करबाट उठेको रकम नेपाल सरकारसँग मागेर भोज खाएका थिए । मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा बनेको एनआरएनए भवन तुरुन्त बन्द गर्नुपर्छ । विश्वभर रहेका एनआरएनए समुह र गतिविधी बन्द गर्नुपर्छ । यदी संघ- संस्था चाहिएमा नेपाली नागरिता त्यागेकाले पुर्व नेपाली नागरिक संघ राख्दा हुन्छ । नेपालको नाम बेचेर लुट्न र गतिविधी गर्न पाईदैन ।

नेपाली नागरिता (आमा) त्याग्नेले दोहोरो नागरिकता र राजनीतिक अधिकारको खोज्नु भनेको ठूला राष्ट्रका स्वार्थबाट आफूलाई जोगाइ राख्नुपर्ने चुनौती थपिएको हो । नेपाली मुलका विदेशीलाई सबै क्षेत्रमा कडाई गर्नुपर्छ । उनिहरुलाई अन्य विदेशी पर्यटकलाई भन्दा प्रवेशाज्ञा (भिसा) शुल्क बढी लिनुपर्छ । आफ्नै नेपाली नागरिता ( आमा ) त्याग्ने उनिहरु एक प्रकार सत्रु हुन् । उनिहरु स्वार्थी नेपाल र नेपालीको लागि कहिलै भलो चिताउदैनन् । नेपालको कुनै नागरिकले आफू खुशी कुनै. विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता स्वतः लोप हुने भनेता पनि अहिलेसम्म ९९% ति पुर्व नेपालीले अहिलेसम्म नेपाली नगरिता त्यागेका छैन् । यसलाई पनि सरकारले कडाई गर्नुपर्छ ।

अझ अचम्म त के भने अर्काको देशमा गएर बस्दा लाज त हुनुपर्ने त्यो माथि कांग्रेसको जनसंपर्क समिती, नेकपा समिती गरेर राजनीनिक गरेको देखिन्छ । अर्काको देशमा लुकिछिपी राजनीतिक समिती बनाउने, गराउनेलाई बन्देज लगाउनु पर्छ । अर्काको देश जहाँ अपमान हुन्छ त्यहाँ गएर बस्ने अनी राजनीतिक गर्नु भन्दा नेपाल फर्केर समिती, संघ- संस्था बनाउदा हुन्छ ।

अब खाडी-मलेसिया, युरोप, अमेरिका विदेश बस्छु भन्ने नेपालीहरु तल्लो दर्जाका हुन् भन्ने मान्यता स्थापित गर्नुपर्छ । तर हामी नेपालीहरु काम गर्न होइेन्, विदेश घुमेर आएको भन्ने बातावरण निर्माण गर्नुपर्छ । अब विदेशमा होइेन आफ्नै देशमा बस्नु पर्छ, व्यवसाय, कृषि, काम मिहिनेत आफ्नै देशमा गर्नुपर्छ । यो बातावरण बनाउनको लागि पनि एनआरएनए बन्द गर्नुपर्छ ।

अहिले नेपालमा ४० लाख बढी गैर आवासीय भारतीय नागरिकहरु बस्छन् । जुन विश्वका अन्य देशमा तुलनामा सबैभन्दा बढी भारतीय रहेको नेपालमा हो । नेपालमा बस्ने लगभग ९५% काम, व्यवसाय गर्ने गैर आवासीय भारतीय नागरिकहरुले कुनै आयकर, भ्याट नतिरेको तथ्याङ छ । जसलाई सरकारले कनुनी दायरामा ल्याउनै पर्छ । अहिले करिब ८० लाख नेपाली बाहिर छन् । सबैभन्दा बढी खाडी र मलेसियामा होलान् । खाडीमा २०–२५ लाख होलान् । मलेसियामा पनि ५–६ लाख होलान् । अमेरिकामा साढे चारदेखि ५ लाख होलान् । पूरै युरोपमा करिब ५ लाख होलान् । युकेमा मात्रै डेढ लाखभन्दा बढी नेपाली छन् । त्यसपछि जर्मनी, पोर्चुगल, बेल्जियमलगायत मुलुकमा नेपाली धेरै छन् । अष्ट्रेलीयामा दुई लाख नेपाली पुगिसकेका छन् । अफ्रिकामा केही हजारको सख्ंयामा मात्र नेपाली छन् । त्यहाँ नेपालीहरू ५–७ वर्ष मात्र बस्ने गरेका छन् । युरोप–अमेरिका जाने उतै बस्न खोज्छन् ।

समग्रमा; विश्वमा भारत जस्ता केही थोरै देश बाहेक वैदेशिक रोजगार मन्त्रालय नै खोलेर विदेशमा श्रम बेच्ने काम नेपालले गर्दै आएको छ । वैदेशिक रोजगार विभाग खोलेर आफ्नै जनता बेच्ने काम नेपाल सरकारले तुरुन्त बन्द गर्नुपर्छ । अब एनआरएनए, वैदेशिक रोजगार विभाग तुरुन्त बन्द गरी नेपालले विश्वका धनी भन्ने मुलुकसँग विदेश निती बलियो गराउनु पर्छ । ल्याटिन अमेरिकाका कयौ देशले पछिल्लो समय आफ्ना नागरिकहरुलाई व्यवसाय, आवतजावातको लागि युरोप लगायतका धनी देशमा ३ महिनाको लागि भिसा (प्रवेशाज्ञा) नितीमा परिवर्तनको लागि पहल गरेको देखिन्छ । जसले गर्दा अहिले ति देशका नागरिक युरोपका शेन्जेन देश लगायत विश्वका कयौ देशमा ३ महिनाका लागि बिना भिसा भ्रमण गर्न पाएका छन् । तसर्थ नेपालले अब तुरुन्त विश्वभर कम्तिमा पनि ३ महिनाका लागि बिना भिसा नेपाली नागरिकका लागि आवतजावत गर्न सक्ने गरी अन्तरराष्ट्रिय रुपमा सबै देशसँग एक – एक गरी पहल गर्नुपर्छ । यदी कुनै पनि देशले सकारात्मक हुँदैन भने ति देशमा नेपाल प्रवेशमा कडाई गर्नुपर्छ, चाहे त्यो सगरमाथा, गौतम बुद्द- लुम्बिनी घुम्न आउने किन नहोस् । यदी नेपालले प्रवेशाज्ञा लगायत विदेश नितीमा कडाई गरे ति देश पनि क्रमश नेपालको विदेश नितीमा सकारात्मक हुनुका साथै नेपाललाई हेर्ने नजरमा परिवर्तन हुनेछ ।

नेपालमा आउने ९०% पर्यटक आर्थिक कमजोर भएका देखिन्छन् । नेपाल विदेशी पर्यटकका लागि विश्वमै सस्ता गन्तव्यका रूपमा रहेको तथ्य सार्बजनिक भएको छ । कम खर्चमै घुमघाम गर्न सकिने भएकोले टिकट सहित उनिहरु २,३ हजार डलरमा नेपाल घुम्ने गरेका छन् । तसर्थ नेपालले पनि आर्थिक रुपमा सक्षम भएको विदेशीलाई भिसा (प्रवेशाज्ञा) दिने लगायतमा कडाई गरेमा धनी पर्यटक आउने र अध्यागमनको कडाई नितीले विश्वमा नेपाललाई हेर्ने नजरमा केही परिवर्तन आउन सक्छ ।