“२०२१ को मध्यतिर मात्र कोरोनाभाइरसको खोप उपलब्ध हुनेछ” : पोर्चुगलका प्रधानमन्त्री एन्तोनियो कोस्ता

लिस्बन।
पोर्चुगलका प्रधानमन्त्री एन्तोनियो कोस्ताले सन् २०२१ को मध्यतिर ग्रिष्म ऋतुमा मात्रै कोरोना भाइरसको खोप उपलब्ध हुनसक्ने वताएका छन्।

“कोरोनाभाइरसको खोप उपलब्ध भएर लगाइसके पछि मात्र यो देश सामान्य अवस्थामा फर्किनेछ। तर कोरोनाको खोप २०२१ को मध्यतिर ग्रिष्म ऋतुमा मात्रै उपलब्ध हुनसक्नेछ। ”

प्रधानमन्त्री कोस्टाले पोर्चुगलमा संकटकालको समयमा धार्मिक समारोहहरु कसरी सम्पन्न गर्न सकिन्छ भनेर छलफल गर्न आज सोमबार डी मनुएल क्लेमेन्टेसँग भेटमा सो कुरा बताएका हुन्।

प्रधानमन्त्रीले संकटकालको अवस्था अन्त्य भए पनि पोर्चुगलको जनजीवन सामान्य अवस्थामा फर्किनसक्ने अवस्था नरहेको बताएकाछन्। ” अहिले नै हामीले व्यक्तिगत सुरक्षाका उपायहरु छोड्ने समय आएको छैन। “, प्रधानमन्त्रिले भने।

प्रधानमन्त्री कोस्ताले अगाडी भने , “कोरोनाभाइरसको खोप उपलब्ध भएर लगाइसके पछि मात्र यो देश सामान्य अवस्थामा फर्किनेछ। तर कोरोनाको खोप २०२१ को मध्यतिर ग्रिष्म ऋतुमा मात्रै उपलब्ध हुनसक्नेछ। ”

पोर्चुगलमा कोरोना भाइरस :

पोर्तुगलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७३५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट २१ को मृत्‍यु भएको छ ।

हालसम्म २० हजार ८६३ संक्रमित भएको राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

पोर्तुगलमा ६१० जना संक्रमित अस्पतालमा उपचारपछि सामान्य जीवनमा फर्किसकेका छन् ।

महानिर्देशनालयको तथ्याङ्कअनुसार संक्रमितहरुमध्ये १२ सय आठजनालाई अस्पताल भर्ना गरिएको छ भने २१५ विरामी सिकिस्त छन् ।

दुई लाख ३५ हजार ८७८ जनालाई संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । – VON