किसानको उत्पादन बजारीकरणबारे संबेदनशील बनौं

डा. रवीन्द्र पाण्डे,

गत साल बाजुरामा स्याउ बिक्रि नभएर गाईभैंसीलाई खुवाएको, १ रुपिया प्रति किलो पनि बिक्रि नभएको तथा बिभिन्न दुर्गमका कृषकले स्याउका रुख काट्न थालेको समाचार आयो | त्यसपछि केहि युवा ब्यबसायीहरुले दुर्गमका जिल्लाहरुमा पुगेर स्याउ किन्दै सहरमा लगेर बेच्दै गर्दा केहि महिना हाम्रो स्याउले बिदेशी स्याउलाई बिस्थापित गरेको थियो | हामीले पनि जुम्ला, मुस्ताङ, मनांग लगायतका ठाउँको स्वादिलो र पोषिलो स्याउ सस्तोमा खान पायौं |

कोरोना संक्रमणको कारण लकडाउन भएपछि लाखौँ किसानको तरकारी, केरा लगायत फलफुल, दुध, कुखुरा, अण्डा, माछा, खसी आदि बिक्रि नभएर किसान ठूलो मर्कामा परेका छन् | एकातर्फ लकडाउनको कारण सहरी उपभोक्ताले ती खाध्य पदार्थ पाएका छैनन् भने अर्कोतर्फ कृषकले आफ्नो उत्पादन नष्ट गर्नुपर्ने अवस्था बिध्यमान छ |

स्थानीय निकाय तथा प्रदेश सरकारले ब्यबसायीलाई आह्वान गरेर स्थानीय उत्पादनलाई बजारमा पठाउने बाताबरण सिर्जना गरेमा ती ओर्गानिक उत्पादन बजारमा आउने थिए | किसानले आफ्नो मुल्य पाउने थिए |

कृषि पेशालाई प्रोत्साहन गर्नको लागि सरकारले बिशेष ध्यान दिएमा थप व्यक्तिहरु यो पेशामा आकर्षित हुनेछन | आफ्नो उत्पादन नष्ट गर्नुपरेमा धेरै कृषकहरु आफ्नो पेशाबाट बिस्थापित हुनेछन | अनि हामी थप परनिर्भर हुनेछौं |

(पाण्डे जनस्वास्थ्य विज्ञ हुन् । यो सामाग्रि उनको फेसबूकबाट लिएको हो)