२५०० भाडा नतिर्दा घरबेटीले निकाले घरबाट, पोखरामा भयो यस्तो घटना, को हुने त्यी घरबेटी ? (भिडियो)

करिब १५ दिन भयो नबिन गुरुङ र श्री गुरुङलाई घरबेटीले निकाल्दिएको । लकडाउनको बेला सबै घर गए, उनीहरुको घर स्याङजा रहेछ तर घर जाने पैसा पनि नभएको र त्यही बेला दुई महिनाको घरभाडा घरबेटीले मागेपछि तिर्न सकेनन् ।

महिनाको २५ सयका दरले दुई महिनाको पाँच हजार नतिरेपछि घरबेटीले घरबाट निकालेको र आफूहरु अलपत्रमा परेको नबिन गुरुङ बताउँछन् । १५ दिनसम्म उनीहरुले पृथ्वीचोक, नदीपुर लगायतका ठाउँहरुमा सडकमै मागेर पकाएर खाए । प्रहरीले बेला बेलामा आएर जान भने पनि कसैले केही सहयोग नगरेको उनीहरुको गुनासो छ । आईतबार भने पोखरा महानगरपालिकाले १२ किलो चामल एक किलो नुन र दुई कुलो दाल दिएको छ । यद्यपी उनीहरुले पाएको सामाग्री कसरी पकाएर खान्छन् त्यो भने महानगरसंग जवाफ छैन । हेर्नुहास् यो भिडियो ।