चाउचाउको भरमा पोखरा देखि दाङ्ग सम्म पुग्न हिडेका पैदल यात्रीलाई स्याङ्जामा खान ब्यबस्था

स्याङजा फेदीखोलामा सर्केटारीमा स्थानीय आमा समूह र सर्केटारी समाजले लकडाउनका कारण पाेखरा, तनहुँ विभिन्न स्थानबाट हिँडेरै घर सम्म पुग्नका निम्ति भाेक भाेक भाेतारिदै राताे र पिराे अनुहार बनाउँदै हिडेका पैदल यात्रीहरुलाई खाना खुवाएका छन्।

स्याङ्जाको फेदिखोला गाउँपालिकाको सर्केटारीमा स्थानीय आमा समूह र सर्केटारी समाजले कास्कीको नयाँ पुल, बागलुङ, तनहुँदेखि पैदल हिँडेर आएका पैदल यात्रीलाईहरुलाई खाना खुवाएर निकै ठुलाे पुन्यकाे काम गरेका छन ।

सर्केटारीमा आमा समूह र सर्केटारी समाजले बिहीबार, शुक्रबार र शनिबार तिन दिन लगातार पैदल यात्रीलाई खाना खुवाएका हुन्।