कर्कट राशिको बार्षिक राशिफल २०७७

ज्योतिषः केशव गौतम
वर्षको पूर्वार्धमा यात्रा एवं स्थानपरिवर्तनको संभावना रहेकोछ । आर्थिकपक्ष अनुकूल रहनाले व्यापार व्यवसाय राम्रै रहला । साहस,धैर्यता एवं पराक्रम बढेर जानेछ । । वर्षको प्रारम्भमा भूमि एवं वाहनको लाभ हुने योग रहेकोछ । कर्मचरीवर्गको लागि पदोन्नतिको संभावना छ ।

उत्तरार्धमा पठनपाठनमा अनावश्यक बाधाअड्चनहरु आइपर्ने, घरायसी समस्याहरुले पिरोल्ने,सन्तानको चिन्ताले सताउनुका साथै आर्थिक हानीनोक्सानीको संभावना देखिन्छ । आर्थिक दृष्टिले वैशाख र जेठमहिना राम्रो छ भने फागुन,र असार महिना केही प्रतिकूल हुने देखिन्छ ।

पुरा जानकारी भिडियोबाट लिनुहोस्