नेपालमा थप एकजनामा कोरोना, संक्रमितको संख्या ३१ पुग्यो

काठमाडौं । आजको अपडेटमा स्वास्थ्य मन्त्रालयलको अनुसार नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले आज सूचना दिँदै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको जनाएको हो ।

स्वास्थ्य मन्त्रालयले आज साँझ एक विज्ञप्ती निकाल्दै ६५ वर्षीय पुरुषमा कोरोना भएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार उनी विराटनगर निवासी हुन् । बिराटनगर निवासी उनी उदयपुरको मस्जिदमा रहेको मन्त्रालयको भनाइ छ । उनलाई कोरोना देखिएसँगै कोशी अञ्चल अस्पतालमा भर्ना गरिएको छ । दुई जना संक्रमित भने निको भएर घर फर्किसकेका छन् ।

कोरोना भाइरस (कोभिड-१९) नेपालको पछिल्लो तथ्यांक
परिक्षण गरिएको – ८०१७, संक्रमण नदेखिएको – ७९८७, आइसोलेसनमा – ११७, संक्रमण देखिएको – ३१, निको भएको – २, मृत्यु भएको – ०

विश्वभरिमा संक्रमित २१२१६७५, निको भएको ५७९२१२, मृत्यु भएको १४२२९९

स्रोत: विश्व स्वास्थ्य संगठन