विश्व-बिपत्तिमा जन्मदेश सम्झिएर संसारभर छट्पटाइरहेका नेपालीहरुको कथा-श्रृंखला : जय जन्मभूमि !

पत्रकार प्रेम बानियाले आफ्नो फेसबुक वाल मार्फत बिशेष जानकारी सहित लेख्नु हुन्छ :
विश्व-बिपत्तिमा जन्मदेश सम्झिएर संसारभर छट्पटाइरहेका नेपालीहरुको कथा-श्रृंखला : जय जन्मभूमि ! तपाईं जहाँ हुनुहुन्छ जय स्वाभिमानको यो नयाँ श्रृंखला ‘जय जन्मभूमि’मा सहभागी हुनसक्नुहुन्छ :

बिपत्तिले कैलेकाही अकल्पनीय सकारात्मक प्रभाव पनि दिन सक्छ ! जस्तो कि, सिंगो विश्व नै कोरोनाभाइरसको महामारीबाट गुज्रिरहेका वेला मातृभूमिबाट छरपष्टिएका सारा नेपाली सन्तानहरु यतिवेला सवभन्दा गहिरोसँग आफ्नो जन्मथलो, जन्मदेश सम्झिरहेका छन्/सम्झेर छट्पटिइरहेका छन्!

सम्भववत दोस्रो विश्वयुद्ध (सन् १९३९-१९४५) पछि इतिहासमा पहिलो पटक नेपालीहरुले विश्वभरबाट आफ्नो देश ममतापूर्वक सम्झिइरहेका ‘दुर्लभ-पल’ बितिरहेको छ । तपाईंको यो पल ‘जय स्वाभिमान’का लागि एउटा ऐतिहासिक घटना दर्ज गर्ने मूल्यवान पल हो । र, यसका लागि हामीले सुरु गरेका छौं ‘जय जन्मभूमि’ श्रृंखला ! नेपाल र नेपालीपरिवर्तनमा समर्पित जय स्वाभिमानको यो श्रृंखलामा तपाईंको सहभागिताले एउटा मात्रै सकारात्मक इटा थपिदियो भने पनि त्यो धेरै मूल्यवान हुनेछ । जुनकुनै देश वा भूमिमा हुनुहुन्छ, मोबाइल उठाउनुहोस् र जन्मदेशलाई, जन्मभूमिलाई कसरी सम्झिरहनु भएको छ ? अनि के यो महामारी सकिनासाथ अबचाहीँ नेपाल फर्किनुपर्छ भन्ने पनि सोचिरहनु भएको छ ? बोल्नुहोस्, रेकर्ड गर्नुहोस् अनि इमेल ठेगाना jayaswabhimaan@gmail.com मा तपाईंको भिडियो पठाउनुहोस् । हामी तपाईंको यो पललाई कैद गरेर इतिहासका लागि जन्मदेश ‘मिस’ गरिरहेको नागरिकको कथा दर्ज गरेर राख्नेछौं । जय स्वाभिमान !