कोरोना भाइरस विरुद्धको प्रतिरोधात्मक खोप एक हप्तामा आउने

यो खोप कोरोना संक्रमितहरुका लागि उपचार खोप नभएर कोरोना संक्रमण हुन नदिनका लागि शरिरमा प्रतिरोधात्मक शक्ति वृद्धि गर्न दिइने खोप हो ।

लुइभेल, केन्टकी । ह्वाइट हाउस कोरोना टास्क फोर्सका वरिष्ठ सदस्य तथा अमेरिकाको सरुवा रोगका विशेषज्ञ डा. एन्थोनी फोसीले कोरोना भाइरस विरुद्धको खोप एक साताभित्र आउने वताएका छन् ।

यो खोप कोरोना संक्रमितहरुका लागि उपचार खोप नभएर कोरोना संक्रमण हुन नदिनका लागि शरिरमा प्रतिरोधात्मक शक्ति वृद्धि गर्न दिइने खोप हो ।

सीएनएनको न्यु डे कार्यक्रममा शुक्रवार वोल्दै डा. फौसीले सो खोप पहिलो चरणमा अग्रपंक्तिमा स्वास्थ्य सेवामा रहेका स्वास्थकर्मीहरुलाई दिइने पनि जानकारी गराए ।

– इनेप्लिज