बृष राशिको बार्षिक राशिफल २०७७

ज्योतिषः केशव गौतम

आषाढ मसान्त सम्मको लागि समय अनुकूल रहनाले प्रेमसम्बन्ध गासिने,पठनपाठनमा अभिरुची बढ्नुका साथै मनोरञ्जनका अवसरहरु मिल्नेछन् । पारिवारिक भेटघाटका साथै दाम्पत्य सुखसम्बन्ध अनुकूल रहनेछ । श्रावणउप्रान्त स्वास्थ्यमा सामान्य झमेलाहरु देखापर्ने योग रहेकोछ ।

श्रावण उप्रान्त आँटेको काममा ढिलासुस्ती,काममा अपजश,पारिवारिक चिन्ता एवं समस्याहरुले सताउनुका साथै पठनपाठनमा समेत अनावश्यक बाधा अड्चनहरु आइपर्ने देखिन्छ । इष्टमित्र एवं आफन्तसंगको सरसहयोगको अपेक्षा नराख्दा नै राम्रो होला । नयाँ काम एवं आर्थिक लगानी गर्न पनि वर्षको पूर्वार्ध नै राम्रो देखिन्छ । तपाईंको लागि पुस महिनामा हानीनोक्सानी पुग्नसक्ने देखिएकाले साबधानी अपनाउनुपर्नेछ ।

पुरा जानकारी यहाँ छ…