मिथुन राशिको बार्षिक राशिफल २०७७

तपाईंको लागि यो वर्षका ग्रहस्थिति मध्यमफलदायी रहेकाछन् । असारमसान्तसम्म पठनपाठनमा भन्दा अन्य मनोरञ्जनका विषयमा अभिरुची रहनेछ । श्रावण २४ गतेसम्म अढैयाशनिको कारण अनावश्यक झमेला,चोटपटकको भय एवं आर्थिक हानिनोक्सानीको संभावना देखाउँछ भने वर्षको उत्तरार्धमा घरायसी समस्याहरुबाट छुट्कारा मिल्ने,स्वास्थ्य एवं कारोवारमा सुधार हुँदै जानुका साथै पठनपाठनमा समेत अभिरुची बढेर जानेछ ।

आर्थिकपक्षका कामहरुबाट सन्तोषप्रदलाभ गराउला । आफन्त एवं इष्टमित्रसंगको भेटघाट एवं रमाइलो यात्राको योग समेत रहेकोछ । सन्तान एवं पारिवारिक सुखसन्तोष अनुकूल रहनेछ । युवायुवतीहरुमा नयाँ प्रेमसम्बन्ध गासिने देखिन्छ । ठूलो लगानी एवं लेनदेन सम्बन्धी कारोबारमा भने सतर्कता अपनाउनुपर्ला । तपाईंको लागि भाद्र र मंसीर महिना शुभ रहेकाछन् भने माघ र जेठ महिनामा केही झमेलाहरु आइपर्नेछन् ।

थप जानकारी भिडियोबाट लिनुहोस्
ज्योतिषः केशव गौतम