काठमान्डौको करोडपति आमा छोराको गाई पालन :डाक्टर बन्न छाडेर गाई गोठालो,दुध बेचेरै महिनाको लाखौ कमाई

यी हुन् राजधानीको करोडपति आमा इन्दु सिंह ठकुरी र उनको छोरा भुवन सिंह ठकुरी।गरे के हुदैन र नेपालमा भन्ने उदाहरण यी परिवारबाट लिन सकिन्छ।आदा दर्जन गाई पालन गरि मासिक लाखौ आम्दानी गरिरहेका यी परिवारको निकै रोचक कहानी छ।बाबाको पुर्खेउली पेसा नै रहेछ पशुपालन र यसैबाट आम्दानी गर्ने,सुरुमा भैसी पालनबाट सुरु गरेको यो यात्रा आज गाइ पालनामा निरन्तरता रहेको छ।

हामीलाई अचम्म लाग्यो धन सम्पति महल जस्तै घर हुदा हुदै किन यस्तो दुख भनेर तर उनको छोरा भवन भन्छन ‘आफु नगरि बुबा आमाको सम्पति ताक्नु मलाइ छैन,सम्पतीले खुसि किन्न सकिन्न सम्पति न भएको पनि हैन तर हामीलाई खुसि मिल्ने पेसा नै ठुलो लाग्छ त्यसैले गाइ पालन गरे ,एता भुवनको साथी कोहि अमेरिका कोहि अस्ट्रेलिया त कोहि नेपालमै डाक्टर इन्जीनियर छन तर उनि एसैमा रमाउदै जिन्दगि चलाउनमा खुसि मान्छन।

सबैको चाहना अनुरुप र आफ्नो काम अनुरुप अगाडी बढेको यो परिवारको अर्को रोचक बिषय भनेकै आत्मनिर्भरता हो,आमा इन्दु बिहान ४ नबज्दै उठेर गाइ दुने गर्छिन भने बाँकी केहि गाइ छोरो भुवन आएर दुन्छन र बजारमा सबेरै लिएर जान्छन।हामी पुग्दा पनि उनको परिवार सोहि धन्दामा व्यस्त थिए । जेठी बुहारी पनि गाइ लाइ खोले बनाउदै धन्दामा सघाउने रैछिन। यो सुन्दर परिवारको भनाइनै यही हो कि अरुको देश ताक्नु भन्दा आफ्नै देशमा कुटो कोदालो र कृषि गर्नु ठिक हो।हेरौ यो सबैको लागि सन्देशमुलक बिशेष कुराकानी ।सम्मान स्वरूप भिडियोलाइ लाइक गरि हाम्रो भिडियो सेयर गरिदिनुहोला