राहात बाँड्दा देखियो यस्तो रमिता : एक डाडु तेल, दुई मुठी मुसुरोको दाल ! हेर्नुहोस कसले गर्यो यस्तो

लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत वितरण गर्दा पोखरा महानगरपालिकाले वडा नम्बर १७ को घारीकुलो टोलमा पनि राहत बाँड्यो ।

तर, राहतको नाममा गरिएको रमिताले लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत होइन, थप आहत तुल्याएको छ ।

महानगरपालिकाकाअनुसार मजदुरी गरेर दैनिक गुजारा चलाउने परिवारलाई राहतको व्यवस्था गरिएको छ । तीन जनासम्म सदस्य भएको परिवारलाई एक हजार रुपैयाँ बराबर र तीनभन्दा बढी सदस्य भएको परिवारलाई दुई हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको महानगरको दाबी छ ।

तर, वडा नम्बर १७ को घारीकुलो टोलमा भने राहत वितरणमा रमिता गरेको समाचारपाटी डटकमले पत्ता लगाएको छ ।

एक प्याकेट नुन चार परिवारलाई बाँडिएको छ भने एक लिटर तेल पनि धेरै परिवारलाई बाँडिएको छ । थप यो तलको भिडियोमा हेर्नुहोस :