भुइमान्छेको भगवान बने संचारकर्मी घिमिरेको टिम जसले उनिहरुको पेट भर्दैछन्।

झापा । यतिबेला कोरोना भाइरस का कारण विश्वभरको जनसंख्या तनावग्रस्त जिन्दगी जिउन बाध्य छन्। यसमा कुनै दुबिधा छैन। तर विश्वको यतिधेरै जनसंख्या कोरोनासँग डराएर बाँचिरहँदा यहि संसारमा यस्ता पनि मानिस छन ।
जो खान पाएका छैन भोकै छन । अनि कसैले उनीहरुको लागि केहीँ उपलब्ध गराउन सकेको छैन् । जसलाई न कुनै रोगको प्रवाह छ न,धन सम्पत्तिको ।मात्र चिन्ता छ भोकको ।

ती मानिस हुन ,मानसिक सन्तुलन गुमाएका र सहरका सडकपेटिलाई आफ्नो बासस्थान बनाएका।उनिहरुलाई न कुनै रोगको प्रवाह छ,न कुनै पनि खाले प्राकृतिक विपत्तिको,प्रवाह छ त केबल भोकको प्यासको बस यति मात्रै । उनीहरुको भगवान बने झापाली संचारकर्मी खगेन्द्र घिमिरे र सचिन न्यौपाने । यो अभियान सुरु गरेका उनीहरुले अहिले निरन्तर रुपमा ति मानिसहरुले दैनिक खान पाएका छन । त्यो सत्य साई सेवा केन्द्र प्रदेश न १ क ले व्यवस्थापन गरेको छ ।

सरकाले लकडाउनको घोषणा गरेको आज २० दिन बढी पुगेको छ । सहरबजार देखि सडक सबै सुनसान छन्,।यतिबेला यसको प्रत्यक्ष अप्रत्यक्ष रुपमा यसको ठुलो असर गरिब तथा बिपन्न बर्गलाई परेको छ । पहिलो दिनको सुरु सँगै संचारकर्मी घिमिरे अभियन्ता भएर निस्किए । भोलि पल्टै बाट त्यो टिम गाउँ पस्यो ,तर रित्तो हात होइन । साथमा एक परिवारलाई पुग्ने खाद्यन्न लगायतको सामान लिएर ।

दैनिक ज्यालादारीमा काम गर्नेहरुको परिवार पनि बिचल्लीमा छन्। ती सडकमा रहेका कयौं मानिसहरुको बेहाल अवस्था छ। यी पेटहरु लाई केही मिलोस भन्ने उदेश्यका साथ गाउँ छिर्दा पानीमा नुन हालेर भोक मेटाउने परिवार पनि भेटिएको घिमिरे बताउँछन । हाल सम्म यो अभियानमा देश तथा बिदेशबाट धेरै सहयोगि दाता ले सहयोग गरे झै २० सय परिवारको लागि केहीँ दिन राम्रै सँग खाने खाद्यन्न उपलब्ध गराउन सफल भएको उनले बताए ।

कम्तिमा हामी त डरका बाबजुद जेनतेन २ छाक खाएकै छौँ,हामी घरभित्र छौँ । तर उनिहरुमा लकडाउनले अझै ठुलो असर गरेको छ,जसको घरनै सडकपेटि हो। अनि गाउमा जो भोका छन । भोकले लखतरान भएर रोहि रहेका छन्,। उनिहरुका को लागि यो अभियान सुरु गरेको बताए ।

यतिबेला सबैले आफ्नो बारे मात्रै सोचिरहेका छन,तर यस्ता मान्छे पनि छन,जसले सडक मान्छे र खान नपाएका परिवारेको पेट भर्न लागिपरिरहेका छन्। कोहि नहुनेका भगवान हुन्छन् ,यो भनाइ सुन्दा अचम्म लाग्नु स्वभाविक हो ।तर कोहि नहुनेका भगवान हुन्छन् ,भन्ने उदाहरण बनेका छन्, यतिबेला झापाका सञ्चारकर्मी खगेन्द्र घिमिरे । अनुसन्धान अनलाइनका सम्पादक तथा सञ्चालक घिमिरे यतिबेला सडकमा समाचार तयार पार्न मात्रै दौडिँदैनन्। उनी र उनको टिम सचिन न्यौपाने ,नरेश मोहरा यस्तै गरिब ,असहाय ,अनाथ र मानसिक सन्तुलन गुमाएका सडक मान्छेहरुको सेवामा छन्।

संचाकर्मी घिमिरे र न्यौपाने सँगको सहकार्यमा सुरु भएको अभियान अहिले झापामा एक गतिलो उदहारण बनेको छ । ए । दिनदुखि र कोहि नभएका हरुको लागि भगवान बनेका यी सञ्चारकर्मीहरुलाई सबैले सकेको साथ सहयोग गर्ने हो भने सडकपेटिका मानिसपनि भोकले मर्ने थिएनन् ।झापाको यो कार्यले जनप्रतिनिधिहरुलाई गतिलो झापाड त दिन्छ नै । त्योभन्दा बाहेककाh अन्य जिल्लामा रहेका यस्ता मान्छेहरुलाई सम्बन्धित जिल्लामा रहेका सञ्चारकर्मीले समेत उनीहरुलाई साथ दिनु पर्ने हुन्छ । यसले पूर्ण संचार जगतमा राम्रो सन्देश दिएको छ।