लोक तथा दोहोरी गायक रामप्रसाद खनालका लोकप्रिय २७ वटा गीतहरु

लोक तथा दोहोरी गायक रामप्रसाद खनालका लोकप्रिय २७ वटा गीतहरु औडियोमा सार्बजनिक भएको जानकारी गराउनु भएको छ । सामाजिक संजालमा जानकारी गराउदै खनालले लेख्नु हुन्छ :

दर्शक, श्रोताहरुको रोजाईमा परेका, लोक तथा दोहोरी गायक रामप्रसाद खनालका लोकप्रिय २७ वटा गीतहरु आज देखि You tube को Audio jukebox मा ७ घण्टा ५७ मिनेट सम्म लगातार वा बिच बिचमा गएर आफ्नो इच्छा अनुसार सुन्न मिल्ने गरी उपलब्ध गराईएको छ । ” सबै दर्शक, श्रोता एबम सुभेच्छुकहरुमा नयाँ बर्ष २०७७ को शुभकामना सहित यो कोशेली पस्केको छु । कृपया सुनिदिनुहोला । मन परे शेयर पनि गरिदिनुहोला । तपाईं हामी सबैको जय होस ।” रामप्रसाद खनालले आफ्ना दर्शक, श्रोताहरुसँग भएका छन ।