आज फेरि एउटा मान्छे मरेर गयो। कविता : तारा पौडेल

आज फेरि एउटा मान्छे मरेर गयो।
जे भने पनि कुरो उस्तै हो,
मानो सक्कियो,
वा दिन आइपुग्यो
झुक्काए लग्यो
वा मिति पुर्याएर।
जे जे होस,
उस्ले सन्सार छाडेर गयो
घरपरिवार आफन्तसबैलाई
रुहाएर
आफन्तलाई चटल्क छाडेर
आज फेरि एउटा मान्छे गयो मरेर।।

उ इतिहास बन्ने भयो
आफ्नो बाटो मोड्यो,
जे सुकै होस
बाच्ने रहर हुदाहुदै
मरेर गयो
मर्ने उमेर नहुदै
सबैलाई छाडेर गयो
सुनसान बनाइ
यो धर्ती बाट बिदा लियो
आज फेरि एउटा मान्छे मरेर गयो।।।

हिजो,आज र भोलि
तरिका फरक छन
मार्ने र मोर्ने
गोलि हुन वा बारुतका बर्षा
कहिले आफै त कहिले अरुबाट
हुन्छ्न हत्याहिंसा र बलात्कार
पिपासुहरुका सिकार भै मर्छन,
कहिले भुकम्प,
त कहिले बर्खाको भेल,
साथमा आधीबेरि
त कहिले भाइरसको खेल
रुघाखोकी ज्वरो
हुदा रहेछन महामारी
झन बेसरी हुन्छन दुर्घटना
सुन्नै गार्यो हुने गरि।।
गाउ नै शून्य हुने पारी
चटक्क चुडेर लग्यो
सबैलाई रुवाबासी गरायो
आज फेरि एउटा मान्छे मरेर गयो।।

बच्चा, ज्वान र बुढो
जिवन मुल्यवान उत्तिकै छ सबको।।
जो मरे पनि
आफ्ना मरेका छ्न
आफन्त मरेका छन
कसैका छोरा,छोरी, कसैका बाबू,आमा,
त कसैका श्रीमान,श्रीमती
कहिले स्वदेशी त कहिले बिदेशी
हुन्छ्न सबका कोहि न कोहि आफन्ती।
ससारबाट बिदा लियो,
आफन्तलाइ खल्लो पारी
गाउँ नै शुन्य हुने गरी।।
आज फेरि एउटा मान्छे गयो मरि ।।

सबैलाई थाहा छ अजम्बरी कोहि छैन।
जिन्दगी दुई दिनको रहेछ,
जन्मे पछी मर्नु एक धुर्ब सत्य छ।
सहस्र सङर्स गर्दा
धन दौलतको खोलो बगाउदा
विचित्रको यो दुनिया
यमराजको आँखा परेपछी केही लाग्दैन रहेछ।
गाउ नै शुन्य भय छ,
आज फेरि एउटा मान्छे मरेर गएको छ।

तारा पौडेल
बेलायत